दमौली । तनहुँको आबुखैरेनी गाउँपालिकाका एक उम्मेदवारको गाडीमुनि सकेट बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ । आँबुखैरेनी गाउँपालिकाको कार्यालय नजिक पार्किङ गरेर राखिएको कांग्रेसका वडा नम्बर ३ का अध्यक्ष उम्मेदवार दिपक श्रेष्ठको गाडीमुनि सकेट बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।
मर्यास्ङदी जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले उक्त बस्तु नियन्त्रणमा लिएर डिस्पोज गरेको प्रहरीले बताएको छ । घटनामा संलग्नताको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । अन्लाईनडबली बाट सभार गरिएको



