काठमाडौं– एमाले नेता केशव बडाललाई हृदयाघात भएको छ। उनको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।

उनलाई ‘मेजर हर्टअट्याक’ भएको थियो। समयमै अस्पतालमा ल्याइपुर्याएकाले उनको ज्यान जोगाउन सकिएको उपचारमा संलग्न डाक्टर रत्नमणि गजुरेलले जानकारी दिए। बडालको मुटुका तीन मुख्य रक्त धमनीमध्ये एकमा रगत जमेको थियो। जसका कारण मुटुमा रक्तसञ्चार रोकिएर हृदयाघात भएको थियो।

‘हृदयघातमा समयको निकै ठुलो महत्व रहन्छ,’ डा. गजुरेलले भने, ‘उहाँलाई गोल्डेन आवरभित्रै अस्पतालमा ल्याउन सकिएको कारण तुरुन्तै उपचार गरेर बचाउन सकिएको हो।’ डा. गजुरेलका अनुसार हृदयाघात भएका बिरामीमा ९० मिनेटसम्मको अवधिलाई गोल्डेन आवरका रुपमा लिइन्छ।

नेता बडालको धमनीमा जमेको रगत निकालेर एन्जिओप्लास्टी गरी स्टेन्ट राखिएको छ। अहिले उनको अवस्था सुधारोन्मुख रहेको डा. गजुरेलले जानकारी दिए। बडाललाई सिसियूमा राखेर थप उपचार प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah