हेटौँडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा गरी दुई सय ९५ मतदान केन्द्र र वरिपरि मदिरा बिक्रीवितरण र सेवन निषेध गरेको छ।

जिल्ला प्रशासनले वैशाख २९ गते बेलुकादेखि मतदान केन्द्र र वरिपरि क्षेत्रमा मदिरा बिक्रीवितरण र सेवन गर्न निषेध गर्ने निर्णय गरेको हो।

निर्वाचनका लागि मकवानपुरका सबै मतदान केन्द्र र वरिपरि एकीकृत रुपमा कडा सुरक्षाको टोली तैनाथ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्लाका ती मतदान केन्द्रमा क्रमशः एकीकृत रुपमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र म्यादी प्रहरीको छुट्टाछुट्टै टोली तयार पारी मतदान केन्द्रलगायत वरिपरि १ किमीसम्म सुरक्षाको कडा व्यवस्था गरी मतदानका लागि शान्तिपूर्ण वातावरण बनाउने काम भइसकेको प्रजिअ नारायणप्रसाद शर्मा दुवाडीले बताए।

उपमहानगरपालिकालगायत थाहा नगरपालिका र विभिन्न गाउँपालिकामा वैशाख ३१ गते हुने निर्वाचनको दिनमा सुरक्षाको मोबाइल टोली छुट्टाछुट्टै खटाइने छ ।  रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah