वि.सं. २०७६ चैत -३०,आइतवार,ई.सं.२०२० अप्रिल– १२, शक संवत्-१९४२,नेपाल संवत्-११४० चौलागा,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,वैशाख कृष्णपक्ष तिथि-पञ्चमी , २२:५५ बजे उप्रान्त षष्ठी,नक्षत्र-ज्येष्ठा , २४:३८ बजे उप्रान्त मूल,योग-वरियान् , २६:०७ बजे उप्रान्त परिघ ,करण-कौलव ११:३६ बजेदेखि तैतिल , २२:५५ बजे उप्रान्त भद्रा,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-काण, सूर्योदय-५:४४, सूर्यास्त- १८:२७, दिनमान-३१ घडी ४६ पला । व्रत/पर्व-भक्तपुरमा विश्वध्वज उत्थान। विश्व ज्योतिष महासंघ स्थापना दिवस। चैत्र मसान्त। वि.सं. २०७६ समाप्ति।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,चिताएको काम समेत सम्पादन हुनेछ,पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ, रमाइलो भ्रमण सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –पारमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,प्रतिस्पर्धामा पनि विजयी भइनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आजको शुभ अंक १२ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला,रचनात्मक काम सुरु गर्ने मौका छ,आतिथ्यपूर्ण सम्मान पाइएला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,लामो यात्राको प्रक्रिया अघि बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)-महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,विभिन्न सहयोग र उपहार पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ, आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ११ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –टाढिएका साथीभाइ नजिकिनेछन्,पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,आजको शुभ अंक १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)-आँटले काम लिन नसक्दा पछि परिनेछ,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक ५ रहेको छ। दिब्यज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah