भारतीय उर्जा मन्त्री पियुष गोयलले भारतबाट नेपालले खरिद गर्न लागेको एलइडी बल्ब खरिदमा २३ करोड रुपैयाँ भारु बचत हुने बताएका छन् । एक समाचार सेयर गर्दै मन्त्री गोयलले नेपालले खरिद गर्न लागेको एलइडी ६५ रुपैयाँ भारुमा भारत सरकारले खरिद गरेको र सोही मुल्यमा नेपाललाई उपलब्ध गराउन लागेको पनि प्रष्ट्याएका छन् ।

नेपाल विद्युत प्राधिकरणले भारत सरकारले सञ्चालन गरिरहेको इनर्जी इफिसियन्सि सर्भिस लिमिटेड (इइएसएल) मार्फत ती बल्ब खरिद गर्न लागेको छ । तर, त्यो बल्वको मुल्य त्यती नपर्ने र बल्व खरिदमा ठूलो अनियमितता भइरहेको भन्ने समाचार प्रकाशित भइरहँदा भारतका उर्जा मन्त्री गोयलले नै सो बल्वको मुल्य र नेपालले त्यसको खरिदमा गर्ने बचतको बारेमा प्रष्ट्याएका हुन् । उर्जा मन्त्री र प्राधिकरणका प्रवन्ध निर्देशकले बल्ब खरिदमा ठूलो चलखेल गरेको भन्ने विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भइरहेका छन् । यस्तो अवस्थामा बल्ब निर्यातकर्ता मुलुकका सम्बन्धित मन्त्रीको भनाइले ठूलो अर्थ राखेको छ ।

मन्त्री गोयलले आफ्नो ट्वीटमा त्यहाँको एक सञ्चार माध्यमले लेखेको बल्ब खरिदको डिल सम्वन्धी समाचार सेयर गरेका हुन् । उनले सेयर गरेको सो समाचारमा भारत सरकारले सञ्चालन गरिरहेको इनर्जी इफिसियन्सि सर्भिस लिमिटेड (इइएसएल) ले नेपालको उर्जा बचतका लागि २ करोड वटा एलइडी बल्ब विक्रि गर्न लागेको उल्लेख छ । सो समाचारमा उल्लेख भए अनुसार त्यो बल्ब भारतीय उपभोक्तलाई पनि भारु ६५ रुपैयाँमा नै उपलब्ध गराएको र सोही मुल्यमा नेपाललाई दिन लागेको हो । कुलमान घिसिङबारे आइरहेका नकारात्मक टिप्पणीले भारतीय उर्जामन्त्रीको यो भनाइले सहयागे पुग्ने देखिन्छ ।

भारतीय उर्जा मन्त्री गोयलले ट्वीटमा सेयर गरेको सो समाचार अनुसार भारतले आफ्नो उज्याला कार्यक्रम सञ्चालन गरिरहेको र उसले त्यो कार्यक्रम अन्र्तगत आफ्ना उपभोक्तलाई दिदै आएको मुल्यमा नै नेपालमा पनि बल्ब उपलब्ध गराउने जनाइएको छ । भारतले बल्ब उत्पादक कम्पनीवाट बल्कमा एलइडी बल्ब खरिद गर्ने गरेको र विभिन्न चरणमा फरक मुल्यमा खरिद गरेको पनि उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah