देशमा चुनाबको माहोल तातिएको बेला

आउ, तिम्रो र मेरो प्रेमको गर्मी पनि अलिकती

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थपौं,,

मेरो सार्की बाउको हातको पानी तिम्रो बाहुन

बा लाई नचल्ने,

आज चुनावमा त्यही पानी नचल्ने हातको औठाछाप

तिम्रो बा को चुनाव चिन्हमा चल्छ भने

यतिबेला, तिम्रो औठाछाप पनि मेरो सिउदोमा

चल्नु पर्छ!!!

प्रेम गर्न सक्ने, बिहे गर्न नसक्ने

एकान्तमा निलुला झै झम्टेर चुम्ने

भिड्मा अपनाउन नसक्ने

अध्यारोमा मेरो गन्ध देख्ने

उज्यालोमा मेरो अनुहार नचिन्ने

तिमी प्रेमी हौ या गद्दार??

ठुलो जातको तिमी झन तिम्रो छाती ठुलो

हुनु पर्ने

तर आज म सार्किको छोरी सानो जातको भएर पनि

ठुलो साहस गर्दैछु

आउ मेरो सिउदोमा तिम्रो औठाछाप हालेर

हाम्रो साझा प्रेम पार्टिलाई जिताऔ”

जसरी उता मेरो बाउको औठाछापले

तिम्रो बा को पार्टी जितिरहेछ…

ऊु!त्यहा डिलमा उक्लेर हेर त,

हिज सम्म सार्किनी बुहारी भित्रेला कि भनी ढोकामा रखुवाली गर्ने तिम्रा बाहुन बा

आज मेरो सार्की बाउको हात समाएर

औलाको छाप माग्दै कती बेफुर्सदिला भएका

छन!!

त्येसैले त म भन्दैछु यही मौकामा छिराइहाल

मलाई तिम्रो घरको ढोका भित्र

थाहा छ? यतिबेला तिम्रा बाले सहर्ष स्विकार्छन

मलाई

किनकी तिम्रो बाहुन बा को जित

मेरो सार्की बा हरुको बुढी औलाहरुमा छन

र म सार्किनिलाई अस्विकार गर्नु भनेको

आफ्नो हारलाई स्विकार्नु हो..

तिम्रा बा यती लुच्चा छ कि, सत्ता पाउन लाई

यतिबेला म जस्ता हजारौ सार्किनी हरु घर भित्राउन तयार छन…

त्येसैले भन्दैछु

आउ!! मेरो सिउदोमा तिम्रो औठाछाप हानेर

हाम्रो प्रेम पार्टिलाई जिताऔ…

जसरी पानी नचल्ने मेरो सार्की बाउको हात को

बुढो औलाका छाप तिम्रो बाहुन बा को चुनाव

चिन्हमा चल्छ

त्येसरि नै तिमी बाहुनको औठाछाप पनि

म सार्किनिको सिउदोमा चल्नु पर्छ!!!

हतार गर!! यतिबेला मौका परेको छ

हामी पनि सानो राजनीति खेलौ

नत्र फेरी अर्को चुनावमा तिम्रा बा ले

टिकट नपाउन पनि सक्छन……

–शुष्मा रुपाबुङ

बेलायत श्रोत: अमेरिका नेपाल