वि.सं.२०७७ वैशाख -४,बिहीवार, ई.सं. २०२० अप्रिल -१६ , शक संवत्-१९४२,नेपाल संवत्-११४० चौलागा,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,वैशाख कृष्णपक्ष तिथि- नवमी , २१:३६ बजे उप्रान्त दशमी,नक्षत्र-श्रवण , २६ :१५ बजे उप्रान्त धनिष्ठा,योग-साध्य , २०:५० बजे उप्रान्त शुभ ,करण-तैतिल ०९:१९ बजेदेखि गर , २१:३६ बजे उप्रान्त वव,चन्द्रराशि-मकर,आनन्दादि योग-ध्वज, सूर्योदय-०५:४०, सूर्यास्त- १८:२९, दिनमान-३२ घडी ०१ पला lभक्तपुरमा छुमा गणेश यात्रा।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला,रोगबाट छुटकारा मिल्नेछ,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,आजको शुभ अंक ८ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,पति–पत्नीबीच विवाद प्रशस्तबढ्नेछ,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,आजको शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –घरेलु समस्या देखापर्न सक्छन्,परिस्थितिको बन्धनमा परिने समय छ, गोपनीयतामा ध्यान दिनुहोला,नोकरी तथा राजनीतिमा बुद्धिको उपयोग गरे लक्ष्यअनुसार अघि बढ्न सकिनेछ,आजको शुभ अंक १ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–पढाइमा सफलता मिल्ने,सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला,नोकारीमा समस्या आउनेछ,स्थानान्तरण हुने, आजको शुभ अंक १२ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –सचेत रहनुहोस्,राज्यबाट सम्मान हुने,सुखदुःखमा साथ पाइनेछ, समस्याहरू धेरै आउनेछन्,कान कमजोर भएकोले विनाकारण शंका उपशंका आफन्तहरुसँग बढ्नेछ,मानसिक तनाव उच्च विन्दुमा पुग्ने,आजको शुभ अंक ३ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –विनादोष कारवाहीमा पर्ने सम्भावाना छ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,व्यापारमा संकट आउने,यात्रामा अवरोध हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,अरुसँग गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–पढाइमा अरु प्रगति हुनेछ, जोश र जाँगर बढ्नेछ,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, कर्म योगका थप बाटाहरू खुल्नेछन्,आजको शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–धार्मिक क्रियाकलापमा बाधा हुनेछ,लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला,काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ, आजको शुभ अंक १० रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –प्रेम सफलरूपमा अघिबढ्नेछ,गोपनीयतामा ध्यान दिनुहोला,सन्तानहरुबाट सहयोग पाउने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,गाँस्नेहरूले सताउन सक्छ,आजको शुभ अंक ११ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,मान–सम्मान पनि पाइनेछ,कर्म सिद्धिको समय छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, केही अनियन्त्रित खर्च पनि हुनेछ,आजको शुभ अंक ९ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,आजको शुभ अंक ६ रहेको छ।



