वि.सं. २०७७ वैशाख -५,शुक्रवार,ई.सं. २०२० अप्रिल -१७, शक संवत्-१९४२,नेपाल संवत्-११४० चौलागा,प्रमादी संवत्सर ,उत्तरायण,ऋतु-वसन्त,वैशाख कृष्णपक्ष तिथि-दशमी , २२:३१ बजे उप्रान्त एकादशी,नक्षत्र-धनिष्ठा , २७:५२ बजे उप्रान्त शतभिषा,योग-शुभ , २०:२९ बजे उप्रान्त शुक्ल ,करण-वणिज १०:०० बजेदेखि भद्रा , २२:३१ बजे उप्रान्त कौलव,चन्द्रराशि-मकर,आनन्दादि योग–धाता,सूर्योदय -५:३९,सूर्यास्त-१८:२९ दिनमान-३२ घडी ०५ पला ल व्रत/पर्व-धनिष्ठा पञ्चक १५:०० बजे प्रारम्भ। भक्तपुरमा भैरव–भद्रकाली रथयात्रा। दक्षिण एशियाली ज्योतिष महासंघ स्थापना दिवस।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विश्वासको वातावरण बन्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ , माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको सुभ अंक ८ रहेको छ ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ , शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –पठन–पाठनमा प्रगति हुनेछ,रोजगारीमा सफलता मिल्ने छ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक २ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –महत्वपूर्ण काममा ध्यान दिनु होला,आजको दिन तेती राम्रो छैन,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,बैदेशिक यात्रा हुने सम्भावना छ,रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,रोजगारीको लागि आजको दिन राम्रो छ,आजको शुभ अंक ५ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ, समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आजको शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,व्यापार व्यवसाय मध्यम रहेको छ,गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,आजको शुभ अंक ५ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –पारिवारिक जमघटमा मन रमाउनेछ,उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,रोकियाका कामहरु बन्ने छन्, बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक १० रहेको छ । दिब्य ज्योतिष बाट साभार



