मेष– अनावश्यक खर्च बढ्नेछ । आर्थिक कारोबार घट्ने एवं यात्रामा समस्या आउन सक्नेछ । आश्वासनमा आघात पुग्नेछ । साताको मध्यमा भने काममा प्रगति हुने, पारिवारिक सहयोगम मिल्ने र धन सम्पतिको योगमा वृद्धि हुनेछ । वैवाहिक कुरा चल्ने तथा इष्टमित्रसँग सम्बन्ध बढ्नेछ । सन्तोष मिल्नेछ । सवारी साधनको सुख मिल्ने तथा सन्तानको प्रगति देखिन्छ ।

वृष – आम्दानीको स्तर घट्नेछ । साथीभाइको सहयोग मिल्ने एवं आकस्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवं विमारमा खर्च हुन सक्नेछ । स्वास्थ्यले धोका दिने एवं काममा बाधा आउनेछ । साताको अन्त्यमा भने अरुको सहयोग मिल्नाले आँटेको काममा फाइदा हुनेछ ।

मिथुन– मानसम्मानको योग रहेको छ । काममा प्रशंसा मिल्नाले अरुको नजरमा परिनेछ । व्यापार व्यावसायमा प्रगति एवं भोगविलासमा खर्च हुनेछ । नयाँ मित्रसँग भेटघाट एवं आँटेको काममा फाइदा मिल्नेछ । साताको अन्त्यमा भने हानी नोक्सानी बेहोर्नुपर्ने तथा यात्रामा सास्ती हुन सक्नेछ ।

कर्कट – धार्मिक भावना आउनेछ । परोपकारमा मन जाने एवं सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट फाइदा मिल्ने एवं ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा पहुँच बढ्ने तथा कारोबारमा वृद्धि हुनेछ । आर्थिक झन्झट टरेर जाने एवम अध्ययनमा सफलता मिल्नेछ ।

सिंह – अनावश्यक विवाद आउनेछ । स्वास्थ्यमा समस्या एवं काममा अवरोध मिल्नेछ । आलोचनाको भय रहनेछ । साताको मध्यमा भने लामो नयाँ कामको तय हुने एवं धर्म कर्ममा खर्च हुनेछ । साताको अन्त्यमा भने सरकारी क्षेत्रमा फाइदा सामाजिक लाभ एवं काममा प्रतिष्ठा मिल्नेछ ।

कन्या – पारिवारिक जमघट रहनेछ । प्रेममा प्रगति एवं ससुराल पक्षबाट फाइदा मिल्नेछ । व्यवसायिक अवरोधको सामाना गर्नुपर्ने देखिन्छ । साताको मध्यमा भने काममा अवरोध आउने तथा गुप्त शत्रुले काम बिगार्नेछन्, अपमानको भय हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवं आँटेको कुरामा फाइदा मिल्नेछ ।

तुला– स्वास्थ्यमा समस्या आउनेछ । मातृपक्षसँग मनमुटाव एवं स्त्री पक्षसँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने आफन्तबाट फाइदा एवं परिवारमा खुशियाली बढ्नेछ । नयाँ वस्तुको प्राप्ति एवं कृषि तथा चौपायाबाट आम्दानी आउनेछ । साताको अन्त्यमा भने शुरुगरेको काम रोकिने, स्वास्थ्यमा समस्या आउने तथा अनावश्यक खर्च बढ्नेछ ।

वृश्चिक – कला, संगीतमा रुचि जानेछ । सन्तानको सहयोगले काम बन्ने तथा विद्यामा प्रगति हुनेछ । खेलकुदमा रुचि हुने तथा स्वास्थ्यमा सामान्य समस्या आउनेछ । विरोधीहरुको भय हट्ने तथा मनमा आत्मबल बढ्नेछ । साताको अन्त्यमा खर्च बढी हुने, साथीभाइ भेटघाट रहने तथा घरायसी काममा सन्तुष्टि मिल्नेछ ।

धनु – पारिवारिक समस्या आउनेछ । आपसी सरसल्लाह नमिल्नाले काम रोकिनेछ । जग्गाजमिनको विवाद एवम मानसिक तनाव बढ्नेछ । साताको मध्यमा भने आयश्रोत बढ्ने, विद्यामा रुचि जाने एवं सन्तानको माया मिल्नेछ । साताको अन्त्यमा भने काममा समस्या आउने, अरुले बिगार्न खोज्ने तथा स्वास्थ्यले समस्या दिनेछ ।

मकर– रमाइलोमा खर्च हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ कामको योजना हुने तथा वादविवाद पर्न सक्नेछ । घरमा कुरा नमिल्नाले अरुले फाइदा लिनेछन् । भोजनको गडबडीले स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने सन्तानको सहयोग मिल्ने, विद्यामा प्रगति तथा धनसम्पतिको कारोबारमा बाधा आउनेछ ।

कुम्भ– पारिवारिक भेटघाट रहनेछ । धन सम्पत्तिको चिन्ता बढ्ने एवं छोटो यात्राको तय हुनेछ । मानसिक आत्मबल बढ्नाले काम छिटो पूरा हुनेछ । दाजुभाइबीच सहकार्य रहनेछ । साताको अन्त्यमा भने पारिवारिक समस्या एवम मानसिक अशान्ति बढ्नेछ । सरसल्लाह नमिल्नाले योजनामा अवरोध आउनेछ ।

मीन– मनोरञ्जनमा खर्च हुनेछ । नयाँ मित्र भेटघाट एवं साथीभाइसँग घुमफिर रहनेछ । मिठो भोजनको सुखमा सहभागिता भइने एवं व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । पैसाको सहयोग आउने तथा साताको अन्त्यमा भने विदेशका सम्बन्धीबाट फाइदा एवं जिम्मेवारी थपिनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah