वि.सं.२०७७ वैशाख -६, शनिवार,२०२० ई.सं.अप्रिल -१८ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० चौलागा,प्रमादी संवत्सर ,उत्तरायण,ऋतु-वसन्त,वैशाख कृष्णपक्ष तिथि-एकादशी , २३:५३ बजे उप्रान्त द्वादशी,नक्षत्र-शतभिषा , २९:५५ बजे उप्रान्त पूर्वभाद्रपदा,योग-शुक्ल , २०:३० बजे उप्रान्त ब्रह्म,करण-वव ११:०९ बजेदेखि वालव , २३:५३ बजे उप्रान्त गर,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-आनन्द ,सूर्योदय-०५:३८, सूर्यास्त-१८:३०,दिनमान-३२ घडी ०९ पला lपञ्चक। व्रत/पर्व – वरुथिनी एकादशी व्रत।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– नोकारीमा समस्या आउनेछ,स्थानान्तरण हुने,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,आफन्त बीच अविश्वास बढ्ला,सचेत रहनुहोला,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिने छैन, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,प्रतिस्पर्धीहरूले काममा तगारो लगाउने प्रयास गरे पनि विफल हुनेछन्, स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, कर्म योगका थप बाटाहरू खुल्नेछन्,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,राज्यबाट सम्मान हुने,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,आजको शुभ अंक १२ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–झुटाआरोप पनि लाग्नेछन्,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,गाँस्नेहरूले सताउन सक्छ,विश्वास गुम्ने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–पैतृक सम्पत्ति उपयोग गरी थप फाइदा उठाउन सकिनेछ, बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–व्यापारमा संकट आउने,यात्रामा अवरोध हुने,विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ,नोकारीमा समस्या आउनेछ, राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –ब्रह्म मुहूर्तमा भगवानको स्मरण,योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ, परिस्थितिको बन्धनमा परिने समय छ, गोपनीयतामा ध्यान दिनुहोला,आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछ, ठूलाबडाको दबाबमा परिस्थतिसँग सम्झौता गर्दा मन खिन्न हुनेछ,गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन्,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला, व्यापारमा अवरोध आउने,यात्रामा समस्या आउने,कार्यस्थलको स्वरूपअनुरूप पहिरनमा ध्यान दिनुहोला,आजको शुभ अंक ११ रहेको छ। दिब्य ज्योतिष बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah