हिन्दीमा मृत्युका बारेमा एउटा चर्चित साहित्य छ, ‘जिन्दगी तो बेवफा है, एक दिन ठुकराएगी, मौत महबुबा है अपनी साथ ले के जाएगी’, यसले के पुष्टि गर्छ भने मृत्यु अकाट्य र ध्रुवसत्य हो । एक दिन सबैले मर्नुपर्छ । केही मनोवैज्ञानिकका अनुसार यो वास्तविकताले अधिकांश मानिसलाई तनाव दिने गर्छ । तर यही यथार्थबाटै मानिस चलिरहेको हुन्छ । हामीले दैनिक जीवनमा कैयौँ कुरा जस्तो पुजा पाठ गर्ने, मिठो मसिनो र स्वस्थकर खाने, पुस्तक पढ्ने, नयाँ कम्पनी सञ्चालन गर्ने वा परिवार बढाउने काम गछौँ, मनोवैज्ञानिकहरु यसलाई मृत्यु बिर्सर्ने प्रयासका रुपमा लिन्छन् । जो मानिस स्वस्थकर हुन्छ, उसको अवचेतन मनमा मृत्युका बारेमा जानकारी त हुन्छ तर उसको दिमागमा भने यस्तो कुरा रहँदैन ।

अमेरिकाको पेन्सिल्वेनिया विश्वविद्यालयका डा. क्रिस फ्युडटनर भन्छन, हामी आफ्नो दैनिक जीवनमा यती व्यस्त हुन्छौँ कि मृत्युको सच्चाइलाई बिर्सन्छाँै । हाम्रो अगाडी रहेका समस्या समाधानकै लागि हामीले बढी उर्जा खर्च गरिरहेका हुन्छौँ ।

यदी मृत्युको समय थाहा भयो भने ?

यदी हामीलाई आफ्नो मृत्यु बारेमा पहिले नै जानकारी भयो भने के होला ? सामान्य अवस्थामा यो असम्भव नै हुन्छ । तथापि यदी हामीलाई यस विषयमा जानकारी भयो भने अवश्य पनि मानिसले राम्रो काममा जोड दिनेछ । जीवनलाई नयाँ बाटोमा हिँडाउन प्रेरित गर्ने छ ।

पहिले त हामीले मृत्युको मनोविज्ञानलाई बुझन आवश्यक हुन्छ । १९८० को दशकमा विश्वका कैयाँै मुलुकमा यस विषयमा अध्ययन गरिएका थिए । मृत्यु हुन्छ भन्ने महसुस गर्दा मानिसमा यसले कस्तो प्रभाव पार्छ भन्ने विषयमा रिसर्चहरु केन्द्रित थिए ।

न्यूयोर्कको स्किडमोर कलेजकी मनोविज्ञान प्रोफेसर शेल्डन सोलोमन भन्छिन, मानिस ‘टेरर म्यानेजमेन्ट’ थ्योरीबाट निर्देशित हुन्छ । उसले आफ्नो आस पासको परिवेश, सोँच, सस्कृतिबाट प्रभावित भएर मृत्युको भयको सामना गर्छ । उसले आफूलाई यो विश्वका लागि महत्वपूर्ण भएको महसुस गर्छ । मानिस आफैलाई सम्झाउँछ, जिन्दगीको पनि अर्थ छ, नत्र मृत्युको भयले मानिसलाई जीवितै मारिदिन्छ ।

जव हामीलाई मृत्युको महसुस गराइन्छ, त्यतीबेला मानिस आफूजस्तै देखिने, आफ्नै जस्तै खानपान, रहन सहन, धार्मीक आस्था र आफ्नै क्षेत्रका मानिससँग निकट हुने प्रयास गर्छ । त्यती बेला मानिस आफू भन्दा फरक देखिनेसँग केही आक्रामक हुन्छ । आफ्नो निकट साथीसँग बढी बफादारी निभाउन थाल्छ ।

मृत्युको भय कहिलेकाहीँ आत्मघाती पनि हुनसक्छ । मृत्युको भयले मानिसले धेरै मदिरा सेवन गर्ने, धुम्रपान गर्ने, खानपानमा संयम हुन छाड्ने तथा पर्यावरणको पनि चिन्ता गर्न छोड्छ । यसबाट प्रश्न उठ्छ के मृत्युको भयले मानिस झनै खतरनाक बन्छ त ? मनोवैज्ञानिकहरु भन्छन, यति धेरै डराउनुपर्ने अवस्था पनि छैन, शेल्डन सोलोमन जस्ता कैयाँै शोधकर्ताको दाबी छ, मृत्युको महसुस गराउँदा मानिस झन बढी समझदार बन्छ, मृत्युको डरले उसले झन राम्रो काम गर्ने प्रयास गर्छ ।

शोधकर्ताहरु यसका लागि दक्षिण कोरियाका बौद्ध भिक्षुको उदाहरण दिन्छन्, मृत्यु महसुस गराइदिँदा भिक्षुहरु अझ बढी शान्त हुने गर्छन् ।

जब मानिसहरुसँग उसको मृत्युले परिवारमा कस्तो असर पर्छ भनेर प्रश्न गरिन्छ, यसले पनि उसको सोँचमा परिवर्तन हुन्छ । त्यसले उसलाई परोपकारी सोच उत्पन्न गराउँछ । आफ्नो रगत अरुलाई सहयोग गर्न ऊ तत्काल तयार हुन्छ । मृत्युको भयले उसलाई समाजमा केही राम्रो गर्न सकौँ र जीवनको उद्देश्य पुरा होस भन्ने चाहन्छ । अध्ययनका आधारमा शोधकर्ताहरु के दाबी गर्छन् भने मृत्युको महसुसले मानिसलाई बढी समझदार र जिम्मेवार बनाउँछ ।

अष्ट्रियाको साल्जबर्ग विश्वविद्यालयकी मनोवैज्ञानिक इवा योनास भन्छिन, यदी मानिसलाई मृत्युको वास्तविकता स्वीकार गर्न प्रेरित गरेर मृत्यु जीवनको एउटा पाटो हो भन्ने महसुस गराउन सकेमा मानिसको दैनिक जीवनमै निकै परिवर्तन आउँछ । भौतिक वस्तुलाई हेर्ने नजरिया नै परिवर्तन हुन्छ । मानिसलाई सबैको गन्तव्य एउटै हो भन्ने कुरा महसुस भएमा मर्ने मार्ने वा कसैलाई नोक्सानी पुर्याउने सोँचमा पनि परिवर्तन आउँछ ।

वैज्ञानिकहरु के दाबी गर्छन् भने, बिरामी मानिस प्राय दुई वटा विचारबाट ग्रसित हुन्छन, पहिलो त उनीहरुमा आफ्नो रोग के हो भन्ने विषयमा आशंका व्यक्त गर्छन, अर्काे बाँकी जीवनको कसरी भरपुर सदुपयोग गर्ने । यस्तो अवस्थामा उनीहरु या त आफ्नो सबै उर्जा रोगलाई हराएर केही नयाँ गर्ने तर्फ सोच बनाएका हुन्छन या त आफूले विताएका अतितलाई सम्झिँदै बाँकी जीवन निकट मानिससँग भलाकुसारी गरेर शान्तिपूर्ण ढंगले जिउन चाहन्छन् ।

मृत्यु स्वीकारीसकेका मानिस नियतिलाई स्वीकार गर्दै बाँकी समय सकारात्मक कार्यमा लगाउने बारे सोच्छन् । उनीहरु सामाजिक र सांस्कृतिक हिसाबले बढी सक्रिय देखिन्छन् । मनोवैज्ञानिक क्रिस भन्छन, मृत्युको दिन थाहा पाएपछि मानिसको सकारात्मक पाटो देखिन थाल्छ । यसले हामीलाई परिवार र समाजका लागि ठूलो योगदान दिनका लागि प्रेरित गर्छ । कतिपयले भने मृत्युबारे थाहा पाएपछि हिंस्रक बाटो पनि अवलम्बन गर्ने मनोवैज्ञानिकहरु बताउँछन् ।

शेल्डन सोलोमन भन्छिन, मृत्युको बारेमा जानकारी पाएपछि अधिकांश मानिस बीचको बाटो छनोट गर्छन् । कहिले मनलागेको खानपान तथा रहनसहन गर्छन भने कहिले परिवार र समाजप्रति बढी जिम्मेवारी निभाउने प्रयास गर्छन् ।

मृत्युको चेतले मानिसको दैनिकी पुरै तरिकाले परिवर्तन हुन्छ । कतिपय मानिस मनोचिकित्सकको सहायत लिन्छन, कतिले धर्म कर्मको सहारा लिन्छन् । यस्तो अवस्थामा कर्मकाण्डमा उनीहरुको विश्वास बढ्छ । मानिसहरु नियमित रुपमा मन्दिर, मस्जिद, गुम्बा वा चर्च जान थाल्छन् । (बीबीसी फ्युचरबाट अनुदित)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah