अब बैंकमा चेक साटेर नगद निकाल्नुपर्यो भने १० लाख रूपैयाँभन्दा बढी नपाइने भएको छ । राष्ट्र बैंकले २० लाख भन्दा बढीको भुक्तानी नगदमा नगर्न बैंक ताथ वित्तिय संस्थालाई परिपत्र गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।
गत वर्ष ५० लाख रूपैयाँसम्म चेक साट्न सकिने व्यवस्था थियो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो सीमालाई ३० लाखमा झार्ने प्रस्ताव गर्यो । राष्ट्र बैंकले गत भदौ ८ मा परिपत्र गरेर ५० लाखको सीमालाई ३० लामा झारेको थियो । त्यसको नौ महिना नबित्तै वैशाख २८ मा अर्को परिपत्र गरेर १० लाख रूपैयाँको सीमा लगाएको छ । यस्तो निर्णयले नगद कारोबारमा कमि आउने राष्ट्र बैंकको अपेक्षा छ ।



