दमक । प्रदेश एकमा कोरोनाका सन्क्रमितको संख्या बढेसगै झापाको दमक बजारमा किनमेल र बाहिर हिड्डुलमा थप कडाइ गरिएको छ । नगरपालिकाले आज सार्वजनिक सूचना प्रकासित गर्दै हरेक बुधबार र सनिवार मात्रै ११ बजेदेखि २ बजे सम्म अत्यावश्यक किनमेलका लागि समय निर्धारण गरिएको जनाएको छ । के के छ सूचनामा हेर्नुस् जस्ताको तस्तै

दमक नगरपालिका

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको अत्यन्त जरुरी सूचना

अत्यावश्यक दैनिक खाद्य सामग्री खरिद विक्रीका लागि शनिबार र बुधबार दिउँसो ११स्०० बजेदेखि २स्०० बजेसम्म हप्तामा २ दिन मात्र पसल खुल्ला गर्न पाइनेछ । दमक बाहिरबाट तरकारी, फलफूल, दूध, माछामासु आयात गरी विक्री वितरण गर्न पाइने छैन । तरकारी, फलफूल, दूध होम डेलिभरी गरी विक्री गर्न पाइनेछ । डेरी पसल मात्र भए विहान ७स्०० देखि ८स्०० बजेसम्म १ घण्टा मात्र दैनिक विक्री गर्न पाइने छ । लकडाउन अवधिभर मोटरसाइकल लगायतका कुनै पनि सवारी साधन चलाउन पाइने छैन । कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक मूल्य वृद्धि गर्ने र मूल्य सूची नराख्ने व्यापारीलाई कानूनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ । ढाट वा तगारो राखी सडक अवरोध गर्न नपाइने हुँदा तत्काल हटाउनु पर्नेछ। उपरोक्त अनुसारका व्यवस्थाहरु पालना नगर्ने उपर कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।