१० वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका छन् ।
नेपाललाई बुधबार स्वास्थ्य सामग्री उपलब्ध गराएलगत्तै मोदीले भारत सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताएका हुन् ।
नेपाल र भारतको सम्बन्ध विशेष रहेको बताउँदै मोदीले ट्वीटरमा लेखेका छन्, ‘हाम्रो बन्धन केबल मजबुत मात्र छैन, जरा पनि बलियोसँग गडेको छ ।’
मोदीले लेखेका छन्, ‘भारत कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाली जनता र नेपाल सरकारसँग एकजुट भएर उभिएको छ ।’
भारतले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । सो सहयोग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका छन् ।
त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै सहयोगका लागि धन्यवाद दिएका थिए ।
https://twitter.com/narendramodi/status/1252949496448774149










