वि.सं.२०७७ वैशाख-१५,सोमवार,ई.सं.२०२० अप्रिल-२७,शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलाथ्व,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,वैशाख शुक्लपक्ष तिथि-चतुर्थी,१२:०४ बजे उप्रान्त पञ्चमी,नक्षत्र-मृगशिरा २२:१० बजे उप्रान्त आर्द्रा,योग-अतिगण्ड,२१:४१ बजे उप्रान्त सुकर्मा,करण-भद्रा १२:०४ बजेदेखि वव , २४:०४ बजे उप्रान्त तैतिल, चन्द्रराशि-वृष,आनन्दादि योग-आनन्द, सूर्योदय- ०५:३०, सूर्यास्त-१८:३५,दिनमान-३२ घडी ४२ पला ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ , शत्रु क्षय होलान् , नजिकको मित्रसँग भेटघाट हुनेछ , चिन्ता छाडेर चिन्तन गर्ने समयछ , आजको शुभ अंक ३ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –पारिवार संग रमाइलो भेटघाट हुनेछ , रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ , लाभदायक यात्रा हुनेछ , बिना प्रतिस्पर्धा फाइदा हुनेछ ,आजको शुभ अंक ८ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –शुभारम्भको चर्चा चल्नेछ , भौतिक साधन जुटाउने समय छ , व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला , अतिथिको रूपमा सत्कार पाइएला ,आजको शुभ अंक १२ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ,चिताएको कामले तीव्रता लिनेछ, आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ,आजको शुभ अंक ११ रहेको छ ।

 

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आफन्तको सहयोग प्राप्त हुनेछ , साहित्यिक क्षेत्रमा रुची बढ्नेछ , धार्मिक यात्राको योगछ , कूटनीतिक नियोगको सहयोग मिल्ला ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –प्रेमीको सहयोग पाइनेछ , राजनीतिक कार्यमा सफलता मिल्नेछ , जोश जाँगर र हिम्मत बढ्नेछ , आँटेको र ताकेको कार्य पुरा होला ,आजको शुभ अंक १ रहेको छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–साझेदारीको काम तथा सानातिना समस्यामा अल्झिनुपर्नेछ , राजनैतिक कार्यमा बाधा आउला , मुद्दा मामिलापनि आइलाग्नेछ ,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् , रोमाञ्चक यात्रा होला , रोजगारको अवसर मिलनेछ , धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुँनेछ , स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताउला ,यात्रामा मालसामान हराउन सक्छ ,आजको शुभ अंक ९ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ,जोश जाँगर र हिम्मत बढ्नेछ ,सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ,आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ,कार्यमा बाधा आउनेछ ,मनमा निरासा र शरीरमा आलस्य आउला ,व्यवसायमा मन्दी आउनेछ ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–कला र गलाको प्रभाव बढ्नेछ ,शुभ समाचार सुन्न पाईएला, वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ,पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ ,आजको शुभ अंक १० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah