नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विरुद्ध उक्साउनेहरुको लिष्ट आफूहरुले राखेको बताएका छन् । समयक्रममा यसको हिसाब किताब गरिने भट्टराईले चेतावनी दिएका छन् ।

निर्वाचनको मौन अवधि सुरु भइसकेपछि शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मलेनमा एमाले सचिव भट्टराईले भने, ‘सत्ताको ज्यादती र दुरुपयोग भएको छ । एमालेको विरुद्ध उक्साउनेहरुको हामीले लिष्ट राखेका छौं, त्यसको समय क्रममा हिसाब किताब गरिने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले सचिव भट्टराईले पत्रकार सम्मेलनको सुरुवातमा भने, ‘आज जुन ढंगको राज्य आतंक भएको छ, यो सत्तारुढहरुको पराजित मानसिकता हो ।’

एमालेले आफ्ना मतदाताको सुरक्षा गर्ने बताउँदै ढुक्क भएर मतदानमा सहभागी हुन भट्टराईले आफ्ना कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘एमाले शक्ति आ–आफ्नो हातमा लिन चाहँदैन । आफ्नो मत, मतदाता, उम्मेदवार र आफ्नो क्षेत्रका जनताको कसरी सुरक्षा गर्नुपर्छ भन्ने एमालेलाई थाहा छ । हामी जनतालाई, हाम्रा मतदातालाई शान्तिपूर्ण रुपमा मदतदान केन्द्रसम्म लानेछौं ।’