वि.सं.२०७७ वैशाख- १६,मंगलवार,ई.सं. २०२० अप्रिल -२८,शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलाथ्व,प्रमादी संवत्सर ,उत्तरायण,ऋतु-वसन्त,वैशाख शुक्लपक्ष तिथि-पञ्चमी , ११:५७ बजे उप्रान्त षष्ठी,नक्षत्र-आर्द्रा , २२:३२ बजे उप्रान्त पुनर्वशु,योग-सुकर्मा , २०:२३ बजे उप्रान्त धृति,करण-वालव ११:५७ बजेदेखि कौलव , २३:४३ बजे उप्रान्त वणिज,चन्द्रराशि-मिथुन,आनन्दादि योग- चर,दिनमान-३२ घडी ४६ पला ।श्री आद्यगुरु शंकराचार्य जयन्ती। श्रीरामानुजाचार्य जयन्ती।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् , धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ,इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ,आजको शुभ अंक ८ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ , मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ, स्वादिष्ट भोजनपनि पाईनेछ ,आजको शुभ अंक ११ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) –आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ , बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,प्रेममा मनमुटावपनि आउला ,आजको शुभ अंक ३ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् , मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ , पारिवारिक सहयोग मिल्नेछ ,आजको शुभ अंक १२ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–आज शुभ समाचार सुन्न पाइनेछ ,महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ , आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ,आजको शुभ अंक १ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) –आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ,महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ , आकस्मिक धन लाभ हुनसक्छ ,आजको शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला , झुटा आरोप खेप्नुपर्ला,आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –सामाजिक कार्यबाट सफलताको योग छ ,जोश जाँगर र हिम्मत बढ्नेछ , नयाँ कार्यको योजना बन्नेछ र त्यसबाट फाईदापनि हुनेछ , आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) –आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, सहयोगी हातहरू अघि बढ्नेछन् , पारिवारिक साथ र सद्भाव बढ्नेछ ,आजको शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) –आज शुभकार्यको चर्चा चल्नेछ ,धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ , अकस्मात सफलता हात पर्न सक्छ , आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) –आज दबाब र तनाव बढेको महसुस हुनेछ , विचार गरेर निर्णय लिनु उचित होला, स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) –एउटै कामबाट दोहोरो लाभ मिल्नेछ , व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ , आत्मिक सन्तुष्टि मिल्नेछ ,आजको शुभ अंक १० रहेको छ ।  दिब्यज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah