मतदाता परिचयपत्र नल्याएको व्यक्तीले जवरजस्ती मतदान गर्न खोज्दा मुगुमा झडप भएको छ । खत्याड गाउँपालिका ८ को सरस्वती प्रावि मतदान केन्द्रमा हवाइ फायर भएको हो ।
मतदान केन्द्रमा माथिबाट ढुगामुडा प्रहार भएपछि पाँचराण्ड हवाइ फायर गरिएको प्रहरी सहायक निरिक्षक चेतबहादुर खत्रीले लोकान्तरलाई जानकारी दिए । हवाइ फायर पछि मतदान केहीबरे प्रभावित भएको छ ।



