धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् ।

उनले भरतपुर महानगरका लागि माओवादी केन्द्र र कांग्रेसबीच भएको तालमेल अनुसार नै मतदान गरेका बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जसअनुसार उनले मेयरका लागि आफ्नी छोरी रेणु दहाललाई ‘गोलाकार भित्रको हँसिया हथौडा’ चिह्नमा मतदान गरेका छन् भने नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार पार्वती शाहलाई ‘रुख’ चिह्नमा मतदान गरेका छन् ।

सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले माओवादी र कांग्रेसबीच भएकै तालमेलअनुसार आफूले मतदान गरेको बताए ।