बलिउड अभिनेता इरफान खान न्यूरोएन्डोक्राएन क्यान्सरबाट पीडित थिए । उनको ५४ वर्षको उमेरमा बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा निधन भयो ।

उनको उपचार लण्डनमा भएको थियो । त्यहाँ रहँदा उनले असोसिएटेड प्रेससँगको अन्तर्वार्तामा आफ्नो स्वास्थ्यबारे कुराकानी गरेका थिए ।

इरफानले त्यतिबेला एपीसँग गरेको कुराकानीको अंश पुनः प्रकाशन गरिरहेका छौं ।

केमोका चारवटा सेसन पूराः
इरफानले आफ्नो केमोको ६ वटा सेसन मध्ये चारवटा पूरा भएको बताएका छन् । ६ सेसन पूरा भएपछि पुनः क्यान्सरको स्क्यान गर्नुपर्ने उनले जानकारी दिए । आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताउँदै उनले अन्तर्वार्तामा भने, ‘तेस्रो सेसन पछि गरिएको स्क्यानको रिजल्ट सकारात्मक आयो । तर पनि हामीले छैठौं सेसनको रिजल्ट हेर्नुपर्छ । त्यसपछिको रिजल्टले मलाई कहाँ पुर्याउँछ, त्यो हेर्न बाँकी नै छ ।’
जीवनको अनिश्चितता बारे कुरा गर्दै उनले भने, ‘कसैको जीवनको ग्यारेन्टी हुँदैन । मेरो दिमागले सधैं मलाई मेरो रोगबारे अवगत गराउँछ र केही महिना, एक वा दुई वर्षभित्र म मर्न सक्छु भनी याद दिलाउँछ । अथवा म आफ्नो दिमागले भनिरहेको कुरालाई पूर्ण रुपमा खारेज गरेर त्यसरी बाँच्न सक्छु जसरी जिन्दगीले मलाई बाँच्ने बाटो देखाइरहेको छ । साँच्चै जिन्दगीले मलाई धेरै मौका दिइरहेको छ । मलाई थाहा छ कि चारैतर्फ अन्धकारले भरिएको बाटोमा म हिँडिरहेको छु । जिन्दगीले मलाई के दिइरहेको छ, त्यो म देख्न सक्दिनँ ।’

इरफान थप्छन्, ‘तपाईं सोच्न छोड्नुहुन्छ, योजना बनाउन छोड्नुहुन्छ, अनावश्यक कराउन छोड्नुहुन्छ । तपाईंले जीवनको अन्य पाटो हेर्न थाल्नुहुन्छ । जीवनले तपाईंलाई धेरै दिएको छ । यसले तपाईंलाई धेरै कुरा उपलब्ध गराएको हुन्छ । त्यसकारण मलाई लाग्छ कि मसँग धन्यवाद बाहेक अरु कुनै शब्द नै छैनन् । केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन ।’

फिल्मका स्क्रिप्ट पढिरहनुभएको छ भन्ने प्रश्नमा इराफान भन्छन्, ‘छैन, म यसबाट पूर्ण रुपमा बाहिरिएको छु । यो वास्तविकता र भ्रमको सही अनुभव हो । मेरो दिनको कुनै भविष्यवाणी छैन । मलाई लाग्थ्यो कि मेरो जीवन सधैं यस्तै नै रहिरहनेछ तर मैले कहिले पनि अप्रत्याशित र असामान्य घटनाको अभ्यास गर्न सक्दिनथें । र अहिले जे भइरहेको छ त्यसका लागि मैले कुनै योजना बनाएको थिइनँ । म ब्रेकफास्टका लागि जान्छु, त्यसपछि मेरो कुनै योजना हुँदैन । जीवनले मलाई जस्तो दिइरहेको छ, त्यसरी नै लिइरहेको छु । यसैले मलाई निकै सहयोग गरिरहेको छ । म योजना बनाउदिनँ । मैले जीवनलाई निरन्तरता मात्र दिइरहेको छु र यो अनुभव मलाई मन परिरहेको पनि छ ।

मेरो जीवनमा केही कुराको कमी थियो । मैले आफैंलाई नष्ट गरिरहेको छु जस्तो लाग्थ्यो । मभित्र एक अन्तरद्वन्द्व हुन्थ्यो । यसले नै मलाई तनाव दिइरहेको थियो । र मलाई लाग्छ कि म जीवनमा यही सहजता मिस गरिरहेको थिएँ । खचाखच योजनामा बाँचिरहेका हामीलाई यो वास्तविक नलाग्न सक्ला । तपाईं कसरी आफ्नो जीवन त्यसरी बिताउन सक्नुहुन्छ रु तर जीवन निकै रहस्यमयी छ, यसले धेरै कुरा प्रदान गर्छ । हामी वास्तवमा नै केही कुराको प्रयास नै गर्दैनौं । म प्रयास गरिरहेको छु जुन मलाई प्रिय लागेको छ । म साँच्चै नै निकै भाग्यशाली अवस्थामा छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah