दोलखाको तामाकोशी गाउँपालिकामा दलका कार्यकर्ताहरुबीच भिडन्त भएको छ । कांग्रेस, एमाले र माओबादीका कार्यकर्ताबीच झडप भएको स्थानीयले बताए ।
तामाकोशी गाउँपालिकाका निर्वाचन अधिकृत विश्वराज न्यौपानेले निर्वाचन सुरु हुनु भन्दा अघि दलहरुबीच झडप भएको भएपनि अहिले मतदान जारी रहेको बताए । उनका अनुसार दलहरुको भिडन्तमा प्रहरीले हस्तक्षेप गरेपछि घटना साम्य भएको छ ।
घटनामा केही घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चरिकोट पठाइएको उनले बताए । उनले तामाकोशी गाउँपालिका वडा नम्बर दुईमा झडप भएको पुष्टि गरेपनि अन्य विवरण चाहिँ खुलाएनन् ।



