वि।सं।२०७७ वैशाख -२२,सोमवार, ई।सं।२०२० मे – ४, शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलाथ्व, प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,वैशाख शुक्लपक्ष तिथि-द्वादशी , २४:१३ बजे उप्रान्त त्रयोदशी,नक्षत्र-उत्तरफाल्गुनी , १६:४३ बजे उप्रान्त हस्त,योग,व्याघात ०५:५७ बजेदेखि हर्षण , २८:५५ बजे उप्रान्त सिद्धि,करण-वव १३:२६ बजेदेखि वालव , २४:१३ बजे उप्रान्त गर,चन्द्रराशि-कन्या,आनन्दादि योग-श्रीवत्स सूर्योदय-०५:२४ सूर्यास्त-१८:३९ घडी ०६ पला ।
मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ – जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ, केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ,आजको शुभ अंक २ रहेको छ ।
बृष– इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – महत्वपूर्ण अवसर गुम्न सक्नेछ, राजनीतिक कार्यमा बाधा आउनेछ , नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला ,आजको शुभ अंक ५ रहेको छ ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, ह –जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ ,नाक तथा घाँटीमा समस्या आउला , मनमा प्रशन्नता हुनेछ, पारिवारिक कलह हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो – राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ, बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ , अचल सम्पत्ति हात पर्ला , आजको शुभ अंक ५ रहेको छ ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे –अधुरो काम पूरा हनेछ ,वैदेशिक कार्य अघि बढ्नेछ ,मौनता अपनाउनु राम्रो हुनेछ, पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या– टो, प, पि, पु, ष, ण, ठ, पे, पो –नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ,धार्मिक कार्य सफल रहनेछ, प्रेम सम्बन्ध कसिलो होला, आज तपाईका लागि रमाइलो दिन छ ,आजको शुभ अंक ८ रहेको छ ।
तुला– र, रि, रु, रे, रो, ता, ति, तु, ते –आँटेको र ताकेको कार्य पुरा होला ,बोलीको प्रभाव पनि बढ्नेछ ,यात्रामा सावधानी अपनाउनु पर्नेछ ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ आजको शुभ अंक ४ रहेको छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु –पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ,अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला , महत्वपूर्ण अवसर गुम्न सक्छ , आजको शुभ अंक ७ रहेको छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे –केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला ,केटा तथा केटी साथीबाटा टाढा रहनुहोला ,मनमा चिन्ता हुनेछ ,धार्मिक यात्राबाट आनन्द हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि –शुभकार्यको चर्चा चल्नेछ ,राजनैतिक कार्यमा सफलता मिल्नेछ ,दिनको उत्तरार्ध सुखद् रहनेछ , निर्णयमा अडिक रहनुस् , आजको शुभ अंक ९ रहेको छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द –अभिभावकको आशीर्वाद मनन गर्नुहाेला, कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ , आजको शुभ अंक १० रहेको छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, च, चि –धार्मिक यात्राको योग छ ,मनमा शान्ति मिल्नेछ, दाम्पत्य जीवन सुखमय हुनेछ, आर्थिक क्षेत्रमा सफलता मिल्ला , स्वास्थ्यमा गगबढी हुनेछ , आजको शुभ अंक १ रहेको छ । दिब्यज्योतिष बाट साभार



