काठमाडौं, १६ असोज । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा पार्टीका तर्फबाट आठ राज्यमन्त्री छिट्टै पठाउने गृहकार्य थालेको छ ।

आजको नागरिकदैनिकमा खबर छ– प्रचण्ड नेतृत्व सरकार गठन भएको दुई महिनापछि प्रमुख सत्ता साझेदार कांग्रेसले दसैंअघि नै आठ नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो । यससँगै प्रचण्ड नेतृत्वको सरकार ३९ सदस्यीय बन्नेछ ।

यसअघि प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा माओवादीबाट चार राज्यमन्त्रीसहित १३, कांग्रेसबाट १५, राप्रपाबाट २ र नेकपा संयुक्तबाट एक जना मन्त्री छन् । साना दलबाट मन्त्री थपिन अझै बाँकी छ ।

उपप्रधान तथा गृह मन्त्रालयसहित १५ मन्त्रालय पाएको कांग्रेसले गुट सन्तुलन मिलाएर नाम पठाइने देउवा निकट स्रोत बताउँछ ।

सभापति देउवा आफूनिकट पाँच, रामचन्द्र पौडेल पक्ष्ँका दुई र कृष्णप्रसाद सिटौला समूहका एक नेतालाई राज्इमन्त्री बनाउने तयारीमा छन् । नेता पौडेलले भने आठमा चार आफ्नो पक्षका हुनुपर्ने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय