#

‘लाफायोङ्’ किरात धर्मका गुरु तुम्बापोको निधन


किरात धर्मका गुरु ‘लाफायोङ्’ देव बहादुर तुम्बापोको ७६ बर्षको उमेरमा आज निधन भएको छ । दुई बर्ष अघि पक्षघात भई थलिएका उनको आज साँझ ८ वजे इलामको चुलाचुली १ स्थित आफनै निवासमा निधन भएको हो ।

साता दिन सिकिस्त भएका उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर उपचारमा संलग्न चिकित्सकले विरामी निको नहुने भनेर परिवारलाई सल्लाह दिएपछि विरामीलाई घर ल्याएका थिए । तुम्बापोको पक्षघातसहित मुटु, नसा, निमोनिया लगायतका रोगले समेत पछिल्ला समय संक्रमण बनाएको थियो ।
महागुरु फाल्गुनन्दको सद्मार्गलाई पछयाउदै आएका उनले विभिन्न मुन्धुमहरु मध्ये चम्जिक मुन्धुमका प्रखर मानिन्थे । किरात सत्यहाङ्मा धर्मावलम्बीहरुको आस्थाका रुपमा रहेको स्थानीय किरात सत्यहाङमा सेवा संघ, फाल्गुनन्द लाफायङ बहुभाषिक पाठशालाका संरक्षक समेत रहेका गुरु तुम्बापोको निधनले विश्वका सत्यहाङ्मा पन्थीहरु नै स्तब्ध र मर्माहत भएका भएको सो धर्मका अनुनायी समेत रहेका पत्रकार दिलकुमार लाओतीले वताएका छन् । गत वर्ष श्रीमती गुमाएका उनका १ छोरा १ छोरी रहेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु