कैलाली/२४ बैशाख

कैलालीको नेकपा चुरे गाउँ कमिटिले ४० क्वीन्टल चामल राहत सहयोग गरेको छ।
नेकपा गाउँ समितिले उक्त चामल राहत स्वरुप चुरे गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

चुरे गाउँपालिका का अध्यक्ष धनबहादुर रोकालाई उक्त चामल हस्तान्तरण गरिएको हो । कोरोना माहामारी तथा लकडाउनका कारण समस्यामा परेका हरुको लागि उक्त राहत उपलब्ध गराएको बताइएको छ ।
गाउँपालिका अध्यक्ष रोकाले उक्त राहत सहयोगका लागि नेकपा चुरेलाई धन्यबाद ब्यक्त गरेका छन् ।
राहत सहयोगका लागि चुरे नेकपा गाउँ समितीका अध्यक्ष दानबहादुर महरा,सचिव किसन सिं साउद,नेकपा प्रदेश सदस्य हरिशंकर योगि ,जिल्ला सदस्य लोकबहादुर सारु, वडा अध्यक्ष प्रेम साउद,टेकबहादुर शाह,हुकुम बोहोरा लगाएतको उपस्थिती रहेको चुरे ६ का अध्यक्ष प्रेम साउदले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय