मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )– साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ, मेहनतीहरूका लागि दिनहरू बढी फलदायी रहनेछ ,जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ ,आजको शुभ अंक ३ रहेको छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )- भाग्यले विभिन्न अवसर जुराउनेछ ,रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ, एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ,अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )– व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ,नाक तथा घाँटीमा समस्या आउला, शुभकार्यको चर्चा चल्नेछ, सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )– लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ,विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ ,टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ, आजको शुभ अंक १२ रहेको छ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )– सजिलै अरुको बिश्वास जित्न सकिनेछ, धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ,लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ,अनावश्यक ठाउँमा धन खर्च होला,आजको शुभ अंक १ रहेको छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )– चिताएको कामले तीव्रता लिनेछ , रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ,अकस्मात धन सम्पत्ति हात पर्नेछ,परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ,आजको शुभ अंक ५ रहेको छ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )– काम विगार्नेको सक्रियता रहने देखिन्छ,मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ,सौन्दर्यतामा धन खर्चपनि हुनेछ, मध्य सातामा प्रतीक्षा गरिएको काम पूरा हुनेछ,आजको शुभ अंक ७ रहेको छ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )– धार्मिक, रमणीय र सुखद् यात्राको योग छ ,स्वजनबाट सहयोग मिल्ने र सुख शान्ति एवम् समृद्धि बढ्ने र मान सम्मान पाइनेछ, मन खिन्न हुने स्थिति आउनेछ, आजको शुभ अंक ८ रहेको छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )–नयाँ व्यक्ति संग भेटघाटको मौका बन्नेछ, धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ,अतिथिको रूपमा सत्कार पाइएला ,आर्थिक क्षेत्रमापनि ठीकै सफलता मिल्ला,आजको शुभ अंक ६ रहेको छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )– विशिष्ट व्यक्तिको सहयोग मिल्ला, महिला वर्गबाट विशेष सहयोग मिल्नेछ, रमाइलो गर्ने अवस्था आउन सक्छ,कसैकसैको बसाइ सराइ हुनसक्छ ,धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ,आजको शुभ अंक ५ रहेको छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )– अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ ,घर परिवारमा झै–झमेलाको अवस्था आउला, घुम्न जाने आकस्मिक योजना बन्न सक्छ, साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ,आजको शुभ अंक १० रहेको छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )– घरमा अतिथीको आगमन हुनेछ, रमणीय र सुखद् यात्राको योग छ , धार्मिक यात्राको योगपनि छ , पारिवारभित्र तथा स्वजन र छिमेकीसँग असमझदारी बढ्नसक्नेछ,आजको शुभ अंक ९ रहेको छ।



