दमक/लायन्स क्लव अफ लखनपुर दोश्रो बर्षमा प्रवेस गरेको छ । कमल गाँउपालिकामा स्थपना भएको यस क्लवले एक बर्षको अवधिमा थुप्रै सामाजिक अभियानहरुलाइ समेत अघि बढाइसकेको छ । क्लवका चार्टर प्रेसिडेन्ट धर्मानन्द भट्टराइले आइतवार एक कार्यक्रमबीच जिम्मेवारी बाँडफाड र आगामि योजनाहरुको बिषयमा जानकारी दिएकाछन् । पिन र प्रमाणपत्र नपाएकाहरुलाइ आज नै पिन र प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
नयाँ जिम्मेवारी अनुसार अध्यक्षमा भट्टराई प्रथम उपाध्यक्षमा प्रमोदकुमार दाहाल, द्धितिय उपाध्यक्षमा पवन लुइटेल र तृतिय उपाध्यक्षमा ज्ञयननाथ पौड्यालले जिम्मेवारी पाएकाछन् ।
यसैगरि सचिबमा दीपक पोखरेल, साहयक सचिबमा एकराज प्याकुरेल कोषध्यक्षमा रोशन दाहाल, साहयक कोशाध्यक्षमा रमेश लुइटेल रहेकाछन् । सदस्यता संयोजकमा बिमल गुरुङ, अन्तराष्ट्रिय कोअर्डिनेटरमा राजु खड्का, जनसम्पर्क अधिकारीमा रामचन्द्र मिश्र, अन्तराष्ट्रिय जनसम्पर्कमा राजकुमार न्यौपाने, क्लव डाइरेक्टरमा हुकुम सिंह राइ, अनुशासनमा राजेन्द्र घिमिरे र  ब्यवस्थापकमा अर्जुन थापा चयन भएको बताइएको छ ।