कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोक्न संसारभरका वैज्ञानिक भ्याक्सिन निर्माणमा जुटेका छन् । विशेषज्ञका अनुसार जुन रफ्तारमा अनुसन्धान चलिरहेको छ, त्यो असाधारण छ । हामीले यो बिर्सन हुँदैन कि कुनै भ्याक्सिनको विकासमा वर्षौ लाग्छ भने कहिलेकाहिँ दशकौं पनि ।

उदाहरणका लागि भर्खरै इबोलाको जुन भ्याक्सिनले अनुमति पाएको छ, यसको विकासका लागि १६ वर्ष लागेको थियो ।

यो निकै सामान्य कुरा हो कि भ्याक्सिनको विकासको प्रक्रिया धेरै चरण भएर गुज्रन्छ । पहिलो चरण ल्याबोरेटोरीमा हुन्छ, यसपछि जनावरमा परीक्षण गरिन्छ । यदि प्रयोगका दौरान यो लाग्छ कि भ्याक्सिनको प्रयोग सुरक्षित छ र प्रतिरोधक क्षमता देखाएजस्तो लाग्छ, तब मात्रै मानिसमा यसको परीक्षण हुन्छ ।

भ्याक्सिनका ६ आशा
मानिसमा पनि यसको परीक्षणको प्रक्रिया तीन चरणमा पूरा हुन्छ । पहिलो चरणमा सहभागी हुने मानिसको संख्या निकै छोटो हुन्छ र उनीहरु स्वस्थ हुन्छन् । दोस्रो चरणमा भाग लिनेको संख्या धेरै हुन्छ र उनीहरु कन्ट्रोल ग्रुप हुन्छन्, अर्थात उनीहरुमा परीक्षण गरेर यो देख्न सकिन्छ कि भ्याक्सिन कति सुरक्षित छ ।

कन्ट्रोल ग्रुप यस्तो समूह हो, जसलाई परीक्षण भाग लिएका बाँकी मानिससँग अलग राखिन्छ । प्रयोगको तेस्रो चराण्मा यो पहिचान गरिन्छ कि भ्याक्सिन कति असरदार हुन्छ ।

अहिले राम्रो कुरा यो छ कि केवल तीन महिनाभित्रै कोभीड–१९ को भ्याक्सिनबारे काम गरिरहेका ९० रिसर्च टिममध्ये ६ वटा समूहले मानिसमा परीक्षण गरिसकेका छन् । यसलाई ठूलो सफलता मानिन्छ । हामी ती ६ वटा समूहका विषयमा चर्चा गर्नेछौं ।

mRNA-1273 भ्याक्सिन
अमेरिकाको मासाचुसेट्समा रहेको मोडर्न थेराप्युटिक्सको एक अमेरिकी बायोटेक्नोलोजी कम्पनी कोभीड–१९ को भ्याक्सिन विकासका लागि नयाँ अनुसन्धानमा सक्रिय छ ।

यसको लक्ष्य त्यस्तो भ्याक्सिन तयार गर्ने हो, जसल व्यक्तिको प्रतिरोधक क्षमतालाई कोरोना भाइरसविरुद्ध लड्नसक्ने गरी विकास गर्छ । यस्तो हुँदा मानिसलाई रोग लाग्नबाट रोक्न सकिन्छ ।

परम्परागत तरिकाअनुसार कमजोर तथा निस्क्रिय तर जिवित विषाणुको प्रयोगम्छ गरिन्छ । तर, मोडर्न थेराप्युटिक्सको भ्याक्सिनमा ती विषाणुको प्रयोग गरिएको छैन, जो कोभीड–१९ महामारीका लागि जिम्मेवार छन् ।

यसको परीक्षणका लागि अमेरिकाको नेशनल इस्न्टिच्युट अफ हेल्थले आर्थिक सहयोग गरिरहेको छ । यो भ्याक्सिन म्यासेन्जर आरएनए वा म्यासेन्जर राइबोन्युक्लिक एसिडमा आधारित छ । वैज्ञानिकले ल्याबमा कोरोना भाइरसको जेनेटिक कोड तयार गरेका छन्, त्यसको एक सानो हिस्सालाई मानिसको शरीरमा इन्जेक्ट गर्नु जरुरी हुन्छ । वैज्ञानिकलाई यो आशा छ कि यस्तो गर्दा मानिसको प्रतिरोधक क्षमताले संक्रमण विरुद्ध लड्नका लागि प्रतिक्रिया दिन्छ ।

INO-4800 भ्याक्सिन
अमेरिकी बायो टेक्नोलोजी कम्पनी इनोविया फर्मास्युटिकल्सको मुख्यालय पेन्सिल्भेनियामा छ, इनोवियो पनि अनुसन्धानको नयाँ रणनीति तयार गर्दैछ । कम्पनीको ध्यान यस्तो भ्याक्सिन तयार गर्नमा छ, जसअन्तर्गत बिरामीको सेल्स (कोशिकाहरु) मा प्लाज्मिन्डमार्फत (एक छोटो आनवंशिक संरचना) सिधै डिएनए इन्जेक्ट गरिन्छ । यसमा बिरामीको शरीरमा संक्रमणसँग लड्नका लागि एन्टीबडिजको निर्माण सुरु हुने आशा छ । इनोवियो र मोर्डन दुबैले नयाँ प्रविधिको सहारा लइरहेका छन्, जसमा एक आनुवंशिक संरचनामा बदलाब गरिदैंछ र फेरि त्यसमा सुधार गरिँदैछ ।

भ्याक्सिनको बाटो चुनौतीपूर्ण
डाक्टर फिलिप टापिया जर्मनीको म्याग्डेवर्गमा म्याक्स प्लैंक इन्स्टिच्युटका बायोप्रोसेस इन्जिनियरिङ ग्रुपका विशेषज्ञ हुन् ।

उनी भन्छन्, ‘तर यसमा कुनै पनि प्रविधिमार्फत अहिलेसम्म कुनै औषधी या उपचारको खोज गरिएको छैन । न मानिसमै प्रयोगका लागि उनीहरुको खोजलाई कुने अनुमति मिलेको छ । यो बुझ्न जरुरी छ कि मानिसलाई यस भ्याक्सिनको विकासबाट निकै धेरै आशा छ ।’

टापिया भन्छन्, ‘तर तपाई थोरै सावधान रहन जरुरी छ, किनकी यो त्यस्तो भ्याक्सिन हुनेछ जसको इतिहासमा अरु कुनै उदाहरण छैन ।’

मोडर्न थेराप्युटिक्सका वैज्ञानिकले पनि सबैभन्दा ठूलो चुनौती यस भ्याक्सिनको उत्पादन र मार्केटिङको स्थितिमा पु-याउने रहेको बताएका छन्, किनकी उनीहरुसँग म्यासेन्जर राइबोन्युक्लिन एशिडमा आधारित भ्याक्सिनको विकासका लागि लाइसेन्स छैन ।

चीनमा केही हुँदैछ
चीनमा यही समय तीन भ्याक्सिन परियोजनाले मानिसमा परीक्षण गरिरहेका छन् । यसमा उत्पादनको परम्परागत तरिकालाई प्रयोग गरिएको छ ।
AD5-nCoV भ्याक्सिन
१६ मार्चमा जब मोर्डन थेराप्युटिक्सले मानिसमा आफ्नो भ्याक्सिनको परीक्षण सुरु ग¥यो, चिनियाँ बायोटेक कम्पनी क्यासिनो बायोलोजिक्सले पनि त्यही दिन आफ्नो ट्रायल सुरु गरेको थियो ।

यस परियोजनामा क्यासिनो बायोलोजिक्ससँगै इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र चाइनिज एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सेजले पनि काम गरिरहेको छ । यस भ्याक्सिनमा एडेनोभाइरसको एक खास भर्सनको प्रयोग वेक्टरका रुपमा गरिएको छ । हाम्रो आँखा, श्वासनली, फोक्सो र स्नायु प्रणालीमा संक्रमणको कारण बन्नसक्ने विषाणुहरुको समुहलाई एडेनो भाइरस भनिन्छ ।

यसको सामान्य लक्षण छ । ज्वरो, चिसो, गला दुख्ने, डायरिया र आँखा रातो देखिने । र, वेक्टरको अर्थ भाइरस वा एजेन्टको प्रयोग कुनै कोशिकालाई डिएनएसम्म पु¥याउन गरिन्छ भन्ने हुन्छ ।

वैज्ञानिकको अनुमानअनुसार यो वेक्टरले त्यस प्रोटिनलाई सक्रिय गरिदिन्छ, जो संक्रमणसँग लड्ने प्रतिरोधक क्षमताका लागि सहयोगी हुनसक्छ ।

LV-SMENP-DC भ्याक्सिन
चीनको सेन्जेन जीनोइम्युन मेडिकल इन्स्टिच्युटमा एउटा अर्को भ्याक्सिनको परीक्षण चलिरहेको छ । यसमा एचआईभीजस्ता रोगका लागि जिम्मेवार लेन्टीभाइरसबाट तयार गरिएका ती सहायक कोशिकाहरुको प्रयोग रिन्छ, जसले प्रतिरोधक क्षमतालाई सक्रिय गर्छ ।

उहानमा बन्दैछ अर्को भ्याक्सिन
चीनमै अर्को भ्याक्सिन निर्माणको काम पनि भइरहेको छ, यसमा वुहान बायोलोजिकल प्रोडक्टस इन्स्टिच्युटले काम गरिरहेको छ । यस भ्याक्सिनका लागि निस्क्रिय भाइरसमा केही त्यस्तो बदलाव गरिन्छ, जसबाट त्यस भाइरसले मानिसलाई रोगी बनाउने क्षमता गुमाउँछ ।

डाक्टर फिलि टापिया भन्छन्, ‘भ्याक्सिन तयार गर्ने यो सबैभन्दा सामान्य उपाय हो, धेरैजसो भ्याक्सिन यही प्रक्रियाबाट तयार हुन्छ । यसमा अनुमति लिनुपर्ने अड्चन कम हुन्छ । त्यसैले यदी आगामी १२ देखि १६ महिनाको अवधिमा कुनै भ्याक्सिन तयार हुनेवाला छ भने यही विधिमा आधारित हुनेछ ।’

ChAdOx1 भ्याक्सिन
बेलायतको अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्युटमा यस भ्याक्सिनको विकासको काम भइरहेको छ । २३ अप्रिलमा युरोपमा यसको पहिलो क्लिनिकल ट्रायल सुरु भएको थियो । जेनर इन्स्टिच्युटका वैज्ञानिक पनि त्यही विधिमा काम गर्दैछन् जसमा चिनियाँ कम्पनी क्यासियो बायोलोजिक्सले अनुसन्धान गरिरहेको छ । तर, अक्सफोर्डको टिमले चिम्पान्जीबाट लिइएको एडेनोभाइरसको कमजोर भर्सनको प्रयोग गरिरहेको छ । यसमा केही बदलाव गरियो, ताकि मानिसमा यो आफैं विकास नहोस् ।

डाक्टर फिलिप टापिय भन्छन्, ‘खासमा उनीहरु ल्याबमा भ्याक्सिन तयार गर्दैछन्, जन हानिकारक छैन । तर यसको सतहमा कोरोना भाइरस प्रोटिन छ । आशा गरिएको छ कि मानिसमा यो प्रोटिनले प्रतिरोधक क्षमतालाई सक्रिय गर्नेछ ।’

वैज्ञानिकले पहिले पनि यही विधिलाई प्रयोग गरिसकेका छन् । यसको सहयोगमा मार्स कोरोना भाइरसको भ्याक्सिन विकसित गरिएको थियोे । यस भ्याक्सिनको क्लिनिकल ट्रायलबाट सकारात्मक परिणाम मिलेको बताइन्छ ।

व्यापक उत्पादनको चुनौती
भलै युद्धस्तरमा कोभीड १९ रोगको औषधी खोजि भइरहेको छ । तर, यी प्रयासले काम गर्छन् भन्ने कुनै ग्यारेन्टी नरहेको जानकारहरु बताउँछन् ।

जस्तो डाक्टर फिलिप टापिया भन्छन्, ‘यो सहज छैन । उदाहरणका लागि कोही यो बताउन सक्दैनन् कि यी भ्याक्सिनका अप्रत्याशित प्रतिक्रियाहरु कस्तो हुनसक्छन् या अलग–अलग जनसंख्या र अलग–अलग उमेरका मानिसमा यी भ्याक्सिनको असर कस्तो हुनेछ । समयसँगै यसको पहिचान हुनेछ ।’

र, एक प्रभावशाली भ्याक्सिन तयार गर्न, त्यसलाई अनुमति मिल्नु पहिलो कदम हुनेछ । त्यसपछि वास्तविक रणनीति अर्बौ मानिसका लागि यस भ्याक्सिनको उत्पादन र आवश्यक मानिससम्म यसलाई पु-याउनु हुनेछ ।’

-मारिया एलिना नवास/ बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah