सरकारले कोरोना भाइरसको उच्च जोखिम रहेको क्षेत्रमा करीब ५ हजार ३ सयकाे स्वाब संकलन थालेकाे छ। ती स्वाब काठमाडाैँ ल्याएर पीसीआर विधिबाट परीक्षण गरिनेछ।

छाउनीस्थित क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार बृहत रुपमा स्वाव संकलन गरी परीक्षण गर्न १४ जिल्लामा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको हो। यो टीममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त स्वास्थ्यकर्मी छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सेनाको हेलिकाेप्टर र गाडी प्रयोग गरी प्रदेश १ को उदयपुर, २ को बारा, पर्सा र रौतहट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, प्रदेश ५ को नवलपरासी पश्चिम, अर्घाखाची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियाका लागि टोली परिचालन गरिएको जनाइएको छ।

केन्द्र, प्रदेश र जिल्ला स्थित (सीसीएमसको समन्वयमा काठमाडौँबाट शुक्रबार हिँडेको टीमले २८ गते सम्ममा स्वाब संकलन गरी परीक्षणका लागि पठाउने कार्यक्रम छ। लोकान्तर बाट