काठमाण्डौ,३१ वैशाख । देशमा स्थानीय तहको निर्वाचन भइरहेको थियो, भारतबाट एक मुजाहिद्दीन नेपाल पस्दै थिए । नेपाल प्रहरीको सक्षमताका कारण यी मुजाहिद्दीन अर्थात आतंककारी पक्राउ परेका छन् । स्यावास् नेपाल प्रहरी ।
यी आतंककारी समूहका व्यक्तिको नाम नासिर अहमद हो । काश्मीर सल बिक्रेता बनेर नेपाल छिर्ने प्रयास गर्दै थिए, भारतीय सीमा सुरक्षा पार गरिसक्न लागेका थिए । प्रहरीका अनुसार यी ३४ वर्षका ठिटो हुन् र यिनीसँग बयान लिएपछि बल्ल यिनको नेपाल पस्ने योजनाबारे थाहा लाग्ला ?
यद्यपि सुनौली नाकाबाट छिर्न खोजिसकेका यिनलाई नेपाल प्रहरीकै सुराकमा एसएसवीले पक्रेको हो र तिनको बयानबाजी सुरु भइसकेको छ । 
स्रोतका अनुसार नेपाल प्रहरीले सतर्कता बढाएपछि नेपालतर्फ यिनी पक्राउ पर्ने पक्का भएपछि जस लिनका लागि यिनलाई एसएसवीले पक्राउ गरेको हो । तर अहिलेसम्म यिनको नेपाल प्रवेश किन हुनलागेको हो ? भन्ने बारेमा भारतले कुनै जवाफ दिएका छैन । यस अघि पनि भारत भएर एक इरानी नागरिक पक्राउ परेका थिए । यी घटनाक्रमले नेपालमा भारतले अराजकता फैलाउने साजिस गर्न लागेको त होइन ? भन्ने आशंका मजबुत बनेको छ । न्यूज अभियान



