सप्तरी, २९ बैशाख । सप्तरीका एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सप्तरी डाक्नेश्वरीका १८ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उनी सप्तरी, डाक्नेश्वरी नगरपालिका– ३ निवासी १८ वर्षीय पुरुष भएको र हालसम्म प्राप्त उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् । आज (सोमबार) विहान मात्र कपिलवस्तुका १० जनामा एकैपल्ट कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय