सप्तरी - सप्तरीमा कोरोना सङ्क्रमण पुष्टि भएका युवा चितवनबाट केही दिनअघि मात्रै जिल्ला पुगेको खुलेको छ ।

चितवनमा मजदुरी गरेर बसेका उनी तीन/चार दिनअघि मात्र हिँडेरै सप्तरी पुगेको खुलेको हो । सप्तरी पुगेर घरमै बसेका उनमा कोरोना पुष्टि भएपछि आज घरबाट गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको वडा अध्यक्ष प्रदीपकुमार शाहले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रिपोर्ट पोजेटिभ आएपछि परिवारका सदस्यको पनि परीक्षणको लागि नमुना सङ्कलन गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताउनुभयो ।

कोरोना सङक्रमण भेटिएपछि डाक्नेश्वरी नगरपालिका सिल गरिएको छ ।