१ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अबको केही बेरमा सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाका निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार ११ समूहमा विभाजन गरेर गणना गर्ने सर्बदलीय बैठकले निर्णय गरेको छ ।
मतगणना भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुनेछ । काठमाडौंको मेयरका लागि कांग्रेसबाट राजुराज जोशी, एमालेबाट विद्यासुन्दर शाक्य र माओवादी केन्द्रबाट सर्वाेत्तम डंगोल, संघीय समाजवादी–नयाँ शक्तिबाट पवित्र बज्राचार्य, साझा पार्टीबाट पूर्वसचिव किशोर थापा र विवेकशील दलबाट रञ्जु दर्शना मैदानमा छन् ।



