वि।सं।२०७७ जेठ -२,शुक्रवार, ई।सं।२०२० मे -१५, शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ कृष्णपक्ष तिथि-अष्टमी , ११:०१ बजे उप्रान्त नवमी,नक्षत्र-धनिष्ठा , ११:१५ बजे उप्रान्त शतभिषा,योग-ऐन्द्र , २८:१५ बजे उप्रान्त वैधृति,करण-कौलव ११:०१ बजेदेखि तैतिल , २३:३८ बजे उप्रान्त भद्रा,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-धाता, सूर्योदय-५:१७, सूर्यास्त-१८:४५,दिनमान ३३ घडी ४० पला l व्रत/पर्व-पञ्चक, गाेरखकाली पूजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ ,भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ ,आजको शुभ अंक ९ रहेको छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन सहज हुँनेछ ,छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –राजनिति तथा समाजसेवामा अलि बढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् ,प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ, बिहानको समय उत्तम रहेकोछ, आजको शुभ अंक ७ रहेको छ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ,आन्तरिक व्यावसायिक सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ,आजको शुभ अंक ६ रहेको छ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ,अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन्, उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन्,आजको शुभ अंक ११ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ, काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुँन सक्छ, आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ, आजको शुभ अंक १ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला,पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछि परिनेछ,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–अध्ययनमा अध्यापनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ ,अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ,ईच्छित चाहनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ ,आजको शुभ अंक ५ रहेको छ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ ,गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ,आजको शुभ अंक ३ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ,आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– नोकरिमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् ,बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ ,आजको शुभ अंक १० रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुँनेछ भने रमाईलो यात्राको तय हुँनेछ , बिद्यार्थिहरुले अध्ययनमा सफलता पाउँनेछन् ,आजको शुभ अंक १२ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah