
काठमाडौं । नेपालका ३ जिल्लामा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । प्रदेश नम्बर १ को खोटाङ र सुनसरी, कर्णाली प्रदेशको दैलेखमा संक्रमितहरु भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोटाङ हेलेसी १ पुरुष, सुनसरीका १ पुरुष र दैलेख आठविस १ का एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा ३४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।



