कैलाली । टीकापुर नगरपालिकाले गाईभैंसीलाई सुत्केरी भत्ता दिने भएको छ । चालु आर्थिक वर्षमा ६० भन्दा बढी गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको पशु शाखाले जनाएको हो ।

उन्नतजातका बाच्छी उत्पादन गर्ने कार्यक्रमअन्तर्गत किसानलाई गाई तथा भैँसीपालनमा प्रोत्साहन गर्नका लागि सुत्केरी भत्ता दिन थालेको शाखा प्रमुख श्यामराज पाण्डेले बताउनुभयो। सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउनका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने विश्वास उहाँको छ ।

सुत्केरी भत्ता पाउन किसानले गाई र बाच्छीको फोटो कार्यालयमा पेश गर्नुपर्छ । भत्ता निजी अस्पतालमा कृत्रिम गर्भाधान गरेको भए पनि पाउने व्यवस्था गरिएको छ । सेवा लिनका लागि कृत्रिम गर्भाधान गरेको प्रमाणचाहि पेश गर्नुपर्छ । टीकापुर–४ बाघमाराका गाईपालक किसान रत्नप्रसाद पोखरेलको गाईले यस वर्ष एक हजार सुत्केरी भत्ता पायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय