#

भनिन्छ २२३ वर्ष अघि यी देवीको आराधना गर्दा काठमाडौंमा महामारीको सकिएको थियो पूरा हेर्नुहोस


अहिले संसार नै कोरोना भाइरसले त्रसित बनेको छ।संसारमा नै यो महामारीको रुपमा फैलिएको छ।तर कोरोन मात्र यस्तो महामारी होइन जसले नेपाल लगायत संसारलाई त्रसित बनायो। कोरोना भाइरस महामारी बेला हामी तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौंमा उपत्यकामा फैलिएको यस्तो महामारी कथा सुनाउँदैछौजसको ठूलो मूल्य चुकाउनुपरेको थियो यहाँका आदिबाशी नेवारहरूले।मध्यकालीन काठमाडौंमा ‘बिफर निको पार्ने देवी’का रूपमा पुजिने शितला माजूबारे हेमराज शाक्यको पुस्तक‘श्री स्वयम्भू महाचैत्य’मा पनि वर्णन छ। काठमाडौंका नेवारलाई निष्कासित गरिएको तिथि भने यसमा अलि फरक परेको छ। उक्त घटना विक्रम सम्बत् १८५८ को जेठ–असार महिनातिर भएको उनले लेखेका छन्।उक्त महामारीका कारण तत्कालीन निरंकुस शासकले काठमाडौंका नेवार परिवारलाई ठूलो संख्यामा चार भञ्ज्याङ कटाएका थिए। खासगरी नाबालक बालबच्चा भएका परिवारलाई पूर्वमा तामाकोशी र पश्चिममा मर्स्याङ्दीपारि खेदिएको थियो।यस्तो गर्नुको पछाडी के कारण रहको थियो त्येसको पनि हामी तपाइहरुलाइ वृतान्त सुनाउछौ।

काठमाडौँ उपत्यका बाट खेदिएका नेवार त्यसपछि पूर्वतिर लागेका र भोजपुर,चैनपुर र धनकुटा तथा पश्चिम लागेकाहरू गोरखा,लमजुङ,तनहुँ र कास्कीसम्म पुगेको इतिहासकारहरुले बताउँछन्।यो विक्रम सम्बत् १८५४ को कुरा हो।त्यति बेला रणबहादुर शाहको शासन थियो। इतिहासकारहरूले उनलाई सन्की,हठी,दुर्बल र रसिक राजाका रूपमा चित्रण गरेका छन्।कति पय इतिहासकारले उनीलाई कलाकारी राजाको पनि उपनाम दिएका छन्।बाबुराम आचार्यले उनको व्यक्तित्व वर्णन गर्दै‘नेपालको संक्षिप्त वृत्तान्त’मा लेखेका छन्–‘यिनी हँसमुख स्वभावका थिए। स्वर पनि मिठो थियो। सितार बजाउनमा सिद्ध हस्त थिए। जीउडाल पातलो थियो। स्वास्थ्य प्रायः कमजोर रहन्थ्यो। यिनी बराबर बिरामी पर्थे। घोडा चढ्न डराउँथे र प्रायः मानिसका पिठ्यूँमा सवार भई यताउति घुमफिर गर्थे।’बाबुराम आचार्यले उनलाई पशुप्रेमी राजा पनि भनेका छन्।

पशुपन्छी पाल्न यिनलाई विशेष सोख थियो। न्यूरोडमा जहाँ अचेल नेपाल बैंकको प्रधान कार्यालय छ,त्यहाँ रणबहादुरको पालामा ठूलो पशुशाला थियो।त्यहि ठाउँमा गाई,घोडा ,मृग, भेडा,बाख्रा,भैंसी,बँदेल,हाँस,कुखुरा लगायत विभिन्न पशुपन्छी पालिएका थिए,आचार्य वर्णन गर्छन्,‘साँढे जुधाउनमा नवयुवक राजा रणबहादुर शाहलाई ठूलो सोख थियो।’उनीलाई साढे जुदाई सबै भन्दा रोचक लाग्थ्यो।एकचोटि पशुपतिनाथ दर्शन गर्न मिथिलातिरको एउटा ब्राह्मण परिवार काठमाडौं आएको थियो।‘ कान्तवती’नामकी छोरी सँगै थिइन्। नव यौवना रुपवती ती विधवा ब्राह्मणीलाई देखेर नवयुवक रणबहादुर मोहित भएछन्।उनलाई ति बिधवा हदै सम्मको मन परेछ।लंकाका राजा रावणले मिथिलाकी सीता हरण गरेजस्तै रणबहादुरले पनि मिथिलाकी विधवा ब्राह्मणी कान्तवतीलाई बलपूर्वक आफ्नो राजभवनमा लगे। विवाहको प्रस्ताव राखे।

तर कान्तवती मानिनन्।‘म पतिव्रता विधवा ब्राह्मणी हुँ,पुनर्विवाह गर्नु अधर्म हुन्छ,’उनी यसै भन्दै लगभग छ महिना अडिएर बसिन्।तर राजाको अगाडी उनको केहि चलेन ।आखिरमा रण बहादुरको हठसामु लाचार हुँदै भनिन्,‘म महाराजसँग विवाह गर्न तयार छु,तर मेरो एउटा सर्त छ।’उनले अगाडि भनिन्,‘हजुरले मेरो कोखबाट जन्मिने छोरालाई गद्दीको उत्तराधिकारी बनाउँदै युवराज घोषित गर्नुपर्छ।’युवती र यौवनको अधिक मोहमा परेका राजाहरू कस्ता–कस्ता बाचा कबुल्न सक्छन् भन्ने त रामायणमा राजा दशरथ र महाभारतमा राजा शान्तनुको घटनाले पहिले नै छर्लंग परिसकेको छ।अयोध्याका राजा दशरथ रानी कैकेयीको मोहकै कारण रामजस्ता पुत्रलाई १४ वर्ष वनवास पठाउन तयार भए। हस्तिनापुरका राजा शान्तनुले पनि सत्यवतीको मायामा चुर्लुम्म डुबेर आफ्ना सुरवीर पुत्र भीष्मलाई गद्दीबाट विमुख पारिदिए।यस्तो घटनाको आर्को उदहारण बन्न पुगे राजा रणबहादुर।

रणबहादुर पनि के कम थिए र !उनी कान्तवतीको सर्त मान्न तयार भए।उता दरबारभित्र रणब हादुरकी जेठी महारानी राजराजेश्वरी र माइली रानी सुवर्णप्रभाबीच‘सौतेनी’कचकच चल्दै थियो। राजराजेश्वरीका तर्फबाट एउटी छोरी मात्र थिइन् भने रानी सुवर्णप्रभाका दुई छोरा थिए। दरबारको रीतअनुसार सुवर्णप्रभाका जेठा छोरा राजकुमार रणोद्योत शाह नै गद्दीका उत्तराधिकारी हुने तय थियो। यसले राजराजेश्वरी डाहले जलेर खरानी भइरहेकी थिइन्।यसबीच रणबहादुरकी कान्छी रानीका रूपमा कान्तवतीको प्रवेशपछि उनको मनमा सुवर्णप्रभालाई गिराउने आस पलायो। उनी पनि रणोद्योत शाहको सट्टा कान्तवतीबाट जन्मिने भावी छोरालाई नै युवराज बनाउने योजनामा लागिपरिन्।अब रणबहादुर का २ रानी एक तिर र जेठी रानी एकातिर भए।नभन्दै विक्रम सम्बत् १८५४ असार १९ गते रानी कान्तवतीले राजकुमार गिर्वाणयुद्ध विक्रम शाहलाई जन्म दिइन्।

गिर्वाणको जन्मपछि काठमाडौं दरबारमा हर्षबढाइँ भयो। सुवर्णप्रभालाई छाडेर सबै खुसी थिए। राजरा जेश्वरी र कान्तवतीको त खुसीको सीमै रहेन।उनीहरु को योजना सफलताको पहिलो कदम तिर लम्किसकेको थियो।छ महिनाभित्रै रणबहादुर शाहले आफ्नो बाचाअनुसार गिर्वाणयु द्धलाई ‘युवराज’घोषित गरेर गद्दीका उत्तराधिकारी बनाए।सायद एउटा संयोग नै मान्नु पर्छ,त्यही बेला यस्तो घटना भयो,जसले काठमाडौंका जनताको जीवनमा उथलपु थल ल्यायो।यस्तो उथलपुथलकि उपत्यकामा कोलाहल मच्चियो।मध्यका लमा संसारभरि करोडौं मान्छेको ज्यान लिएको र भारत धोस्त बनाएको बिफर रोगले नेपाल पनि आक्रान्त थियो। यहाँ विभिन्न कालखण्डमा बिफरको महामारी फैलिएको इतिहास छ।यही महामारीको डरले काठमाडौं उपत्यकामा देबी‘शितला माजू’को खुब पूजाअर्चना हुन्थ्यो। यज्ञमा आहुती दिएपछि बचेको चिसो भष्मबाट प्रकट भएको मानिने शितला माजूले बिफर लगायत महामारीबाट बचाउँछिन् भन्ने जनविश्वास थियो।सीताला देबीलाइ त्यति बेला निकै सक्तिशाली देबीको रुपमा लिने गरिन्थ्यो।

राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको बिफरकै कारण मृत्यु भएको मानिन्छ। यिनै छोराको मृत्युशोकमा डुबेकी रानीको मन भुलाउन प्रताप मल्लले विक्रम सम्बत् १७२७ मा रानीपोखरी निर्माण गराएको भनाइ छ।बिफर त्यति बेलाको समयमा बंश नासक महामारीको रुपले पनि चिनिन्थ्यो।गिर्वाण युद्धको जन्मलगत्तै फेरि एकचोटि काठमाडौंमा बिफरको महामारी फैलियो। थुप्रै मानिसको मृत्यु भयो। कयौंले अनुहारभरि दाग लिएर जीवन बिताउनुपर्‍यो।बच्चालाइ प्रमुख निशाना बनाउने यो महामारीको मारले नाबालक युवराज गिर्वाणयुद्धलाई पनि छोला भनेर रणबहादुर आत्तिए।‘सन्की’ स्वभावका उनले आफ्ना भाइभारदार लाई दरबारको सभाकक्षमा डाकेर आदेश दिए,‘ काठमाडौं उपत्यका भित्र बिफर नलागेका सम्पूर्ण केटाकेटीलाई परिवारसहित चार भञ्ज्याङ कटाउनू।’राजाको यस्तो आदेशले हल्लीखल्ली मच्चियो।मानिसमा एक प्रकारको अन्योलता छायो र त्रास पनि।

सैनिकहरूले जनताको घर–घरमा छिरेर बिफर नलागेका बाल बच्चा खोजी–खोजी तिनका परिवारलाई उपत्यकाबाट खेद्न थाले।हामीले यसबारे मदन पुरस्कार विजेता संस्कृतिविद् हरिराम जोशीसँग कुरा गरेका थियौं।उनका अनुसार,रणबहादुर शाहले उपत्यकाभरि बिफर नलागेका १२–१३ वर्षसम्मका बालबच्चाको खोजी गराएका थिए। थोरै जनसंख्या भएको त्यो समय त्यस्ता केटाकेटी खोज्नु ठूलो कुरा थिएन।‘विगतमा व्यापार र पृथ्वी नारायण शाहको प्रवेशपछि राजनीतिक कारणले काठमाडौं का नेवार बसाइँ सरेका थिए,’८५ वर्षीय संस्कृ तिविद् जोशी भन्छन्,‘रणबहादुरको पालामा आएर महामारी आतंकले पनि नेवारहरूको ठूलो समूहलाई पैतृक थातथलो छाड्न बाध्य पार्‍यो।उनीहरु निकै दुखित बने’

काठमाडौं उपत्यकाबाट नेवारहरूको बसाइसराइँ इतिहास हेर्ने हो भने १८५४ को उक्त घटनालाई‘महत्वपूर्ण अध्याय’मान्नुपर्ने जोशीको भनाइ छ।उपत्यकामा मात्रै केन्द्रित नेवार हरु नेपाल भरि छरिन पुगे।यहाँ रणबहादुर शाहले किन‘बिफर नलागेका ’बालबच्चा नै निष्कासन गरे भन्ने प्रश्न उठ्न सक्छ।यो निकै नै महत्वोपूर्ण प्रस्न हो।बिफर भनेको‘कोभिड–१९’जस्तै भाइरस संक्रमणबाट फैलिने प्राणघातक रोग थियो। वैज्ञानिक हरूका अनुसार अहिलेसम्म हामीलाई बिरामी पार्ने मोटामोटी दुई सय भाइरस पहिचान भएका छन्। तीमध्ये जम्मा एउटा भाइरसलाई चिकित्सा विज्ञानले पराजित गरेको छ,त्यो हो– बिफर।संसारमै बिफरलाइ निर्मुल पार्न चिकित्सा विज्ञान सफल भएको छ।

हाम्रो शरीरमा भाइरसले हमला गरेपछि त्योसँग लड्ने‘ एन्टिबडी विकास हुन्छ। एकचोटि भाइरस लागेर निको भएको व्यक्तिलाई फेरि–फेरि त्यही भाइरसले छुँदैन वा छोए पनि गम्भीर बिरामी पार्दैन। यो कुरा मध्यकालको बिफर महामारी बेला नै स्थापित भइसकेको थियो।अमेरि काका चिकि त्सक तथा मेडिकल अनुसन्धा ता सिद्धार्थ मुखर्जीले हालै‘न्यूयोर्कर’मा लेखेका छन्–‘सन् ११०० सम्म चीनका स्वास्थ्यकर्मी के विश्वास गर्थे भने,जो मान्छे बिफर लागेर पनि मर्दैन,उसलाई अर्को रोगले छुन सक्दैन। उनीहरू बिफरमा बाँचेकाहरूको सूची राख्थे। अर्कोचोटि महामारी फैलिँदा उपचारको जिम्मा सूचीमा नाउँ परेकाहरूको हुन्थ्यो।बिफर त्यस्तो डरमर्दो रोग थियो‘

यही अवधारणा काठमाडौंमा पनि प्रचलित रहेको रण बहादुर शाहको उक्त आदेश बाट संकेत पाइन्छ।बिफर लागिसकेका केटाकेटीमा फेरि संक्रमणको खतरा थिएन। तर,जसलाई उक्त रोगले छोएको थिएन,उनीहरू संक्रमित हुनसक्ने उच्च जोखिममा पर्थे। त्यही भएर रणबहादुरले देश निकाला गर्दा ‘बिफर नलागेका’केटाके टी छाने। सायद तिनलाई बाहिर पठाउँदा काठमाडौंमा थप महामारी नफैलिने र आफ्नो छोरा जोगिएला भन्ने उनको आस थियो।यहि मात्र एक कारण भने थियो भन्न सकिन्न।कतिपय इतिहासकारले बिफर नलागेका ती बालबालिका लाई काठमाडौंबाहिर पठाएर रणबहादुरले महामारीबाट बचाउन खोजेका हुन् भनेका छन्।तर,यो महामारी काठमाडौंमा मात्र थिएन। उनीहरू जहाँ गए पनि रोगबाट बच्ने सम्भावना विरलै थियो। यसबाट रणबहादुरको मुख्य ध्येय आफ्नै छोरालाई जोगाउने थियो भन्ने देखिन्छ।उनलाई छोरा र कान्छी रानी प्रति त्यति आसक्ति थियो।

‘अहिले जसरी कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेको छ,शारीरिक दुरी कायम राख्नू र नियमित साबुनपानीले हात धुनू भनेको छ,त्यस्तै त्यति बेला बिफर नलागेका बाल बालिका लाई देश निकाला गरिएको थियो, ’संस्कृतिविद् जोशी भन्छन्।उनका अनुसार,काठमाडौं बाट निकालिएका परिवार लालाबाला बोकेर भक्तपुर,बनेपा,दोलाल
घाट हुँदै तामाकोशी र भोटेकोशी तरेर पूर्वी क्षेत्रमा बसाइँ सरेका थिए। कतिपय परिवार मर्स्याङ्दी तरेर पश्चिम पनि गए,उनी भन्छन्,‘एउटा बच्चा पिठ्यूँमा बोकेर, अर्कोलाई काखमा च्यापेर,अनि कतिलाई डोर्‍याउँदै उनीहरूले पहाडको कठिन बाटो लामो यात्रा तय गरे।राजाको त्यो निर्णयले धेरैलाइ दुख दियो ’

जोशी अगाडि भन्छन्,‘यस क्रममा थुप्रै बालबच्चा बाटोमै बिरामी परे। कतिको मृत्यु भयो। मर्नेहरूलाई बाटोमा गाडेर वा खोलामा बगाएर उनीहरू शोकाकूल हुँदै हिँड्थे।‘सन्की’राजाको आदेशले देश छाड्न बाध्य काठमाडौंका नेवारहरूको पीडा एउटा पुरानो लोकगीतमा विस्तृत वर्णन गरिएको पाइन्छ।उनीहरुले देबी सहितला माजुलाई पुकार्दै आफ्नो बेदना पोखेका छन्।नेवार भाषाको उक्त लोकगीत बेलायती लेखक सिगफ्रायड लेनहार्डको सन् १९७४ मा प्रकाशित‘सङ्स अफ नेपालःएन एन्थोलोजी अफ नेवार फोक सङ्स एन्ड हिम्स’मा संकलित छ।
(सुदिप श्रेष्ठले तयार पारेको यो सामग्री बैसाख ३ गते सेतोपाटीमा प्रकासित भैसकेको छ जुन सामाग्रीलाई हामीले साभार गरेर छापेका छौ)

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु