जेठ । पहिलो चरणको निर्वाचन सकिएलगत्तै आज नेकपा (माओवादी केन्द्र) महोत्तरीले दोस्रो चरणको चुनावका लागि जिल्ला सदरमुकाम जलेश्वरबाट चुनावी अभियान सुरु गरेको छ ।

‘गाउँ नगर घरघर जाऔँ, माओवादी केन्द्रलाई विजयी गराऔँ’ भन्ने नाराका साथ माओवादी केन्द्र, महोत्तरीले आजदेखि जिल्लाका तीन नगरपालिका र १२ वटा गाउँपालिकामा चुनावी अभियान सुरु गरेको छ ।

‘नेकपा (माओवादी केन्द्र) युवा परिचालन तथा जनसम्बन्ध अभियान–२०७४ उद्घाटन समारोह’ नाम दिइएको चुनावी अभियानलाई आज सदरमुकाम जलेश्वरस्थित महोत्तरी क्लबमा सो पार्टीका सांसद लालेन्द्रकुमार मण्डल, निशा साह, भूपू सांसद भरत साह, बुधनी देवी र कार्यक्रमका प्रमुख अतिथि स्थायी समिति सदस्य राजु खड्काले संयुक्तरुपमा उद्घाटन गर्नुहुँदै अभियानको शुभारम्भ गर्नुभएको छ ।

कार्यक्रममा वाइसिएल केन्द्रीय सदस्य शङ्कर महतो र विद्यार्थी नेता सूर्यनारायण साहको नेतृत्वमा दुईवटा अभियान टोली निर्माण गरिएको छ भने दुवै टोलीले आज जलेश्वरबाट अभियान सुरु गरी छ÷छ वटा गाउँपालिका र एक÷एक वटा नगरपालिकाको जिम्मेवारी बहन गर्ने जनाएको छ ।

आजदेखि आउँदो सात दिनसम्म चल्ने सो अभियानमा माओवादी केन्द्रका नेता कार्यकर्ताले जिल्लाका प्रत्येक गाउँ र घरमा गएर जिल्लावासीलाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिन तथा माओवादी केन्द्रलाई विजयी बनाउन आग्रह गर्नेछन् ।

माओवादी केन्द्र महोत्तरीको सो चुनावी अभियान समारोह उद्घाटन कार्यक्रममा पार्टीका करिब एक दर्जन नेताहरुले स्थानीय तहको निर्वाचनको आवश्यकता, महत्व र माओवादीको योगदानबारे आ–आफ्ना मन्तव्य राखेका थिए भने कार्यक्रम वाइसिएलका जिल्ला इन्चार्ज मनोज कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah