काठमाडौं । भारतीय क्वारेन्टाइनमा बसेका स्याङ्जाका युवकको मृत्यु भएको छ । रोजगारीको लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय युवाको भारतको नौतनवाको क्वारेन्टाइनमा शनिबार मृत्यु भएको हो। मृतक युवा जेठ ५ गते नौतनवाको राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा बसेका र उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जको अस्पतालमा उपचार गरेर क्वरेण्टीनमा ल्याएपछि ज्यान गएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिनुभयो ।

हिँडेरै स्याङ्जा आउने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टाइनमा राखिएको बताइएको छ । हाल सीमानाका सुनौली नजिकैको नौतनवाको सो क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय