१ जेठ । बुटवलको एक निजी अस्पतालमा आज दुर्घटनामा घाइते भई उपचार गर्न आएका घाइते हतियारसहित पक्राउ परेका छन् ।

बुटवलस्थित जेनिथ हस्पिटल प्रालिमा उपचारार्थ आएका नवलपरासी सुनवल नगरपालिका–३ का भागवीर पुनलाई प्रहरीले आज बाह्रबोरको हतियारसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो ।

हतियारसहित सुनवलस्थित बनकट्टीमा सिकार गरेर फर्कँदै गर्दा सुनवल चोकमा सवारी दुर्घटनामा परी घाईते भएका पुनलाई एम्बुलेन्समा उपचारार्थ यहाँको जेनिथ हस्पिटलमा ल्याइएकोमा एम्बुलेन्समा खानतलासी गर्दा हतियार फेलापरेपछि नियन्त्रणमा लिइएको नाप्रउ मरासिनीले बताउनुभयो ।

उनलाई हाल प्रहरीकै निगरानीमा सोहि अस्पतालमै उपचारका लागि भर्ना गरिएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah