वि.सं.२०७७ जेठ -१३,मंगलवार, ई.सं.२०२० मे -२६ , शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलाथ्व,प्रमादी, उत्तरायण,ग्रीष्म,ज्येष्ठ शुक्लपक्ष तिथि-चतुर्थी , २३:२६ बजे उप्रान्त पञ्चमी,नक्षत्र-आर्द्रा , ०६:१७ बजे उप्रान्त पुनर्वशु,योग-गण्ड , २७:१० बजे उप्रान्त वृद्धि, करण- वणिज ११:५७ बजेदेखि भद्रा , २३:३६ बजे उप्रान्त कौलव,चन्द्रराशि-मिथुन,आनन्दादि योग चर, सूर्योदय-५:१२, सूर्यास्त-१८:५१,दिनमान-३४ घडी ०७ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –लेनदेन मा विवाद हुनेछ,शत्रुहरु पनि मित्र बन्न सक्छन,सामान्य चोट पटक लाग्ने योग छ, स्वास्थ्यमा समस्या आउने छ,आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –बोलीको अनर्थ लाग्न सक्छ,सन्तान पक्षमा खुशीको योग छ,यात्रा घातक बन्ने छ ,माता पिताको आशिर्वाद लिदा राम्रो हुन्छ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –शारीरिक मानसिक पिडा बढ्ने छ,आर्थिक संकट पर्ने देखिन्छ,धार्मिक कार्यमा मन जाला,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,आजको शुभ अंक ११ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –पारिवारिक विवादमा होला,बोलीमा विचार पुराउनु होला,यात्रा घातक बन्ने छ ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –मान सम्मान मिल्नेछ ,रोजगारी मा समस्या देखा पर्ने छ,शत्रुहरु पनि मित्र बन्न सक्छन,माता पिताको आशिर्वाद लिदा राम्रो हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–यात्रा गर्दा अपमानित हुनुपर्ला, बोल्दा खेरि विचार गर्नु होला,गुप्त रोगले सताउने छ,पारिवारिक विवाद होला,आजको शुभ अंक ५ रहेको
छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,खानेकुरामा विचार पुराउनु होला,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–यात्रा घातक हुनेछ, भिडभाड बाट बच्नु होला,बोलीमा बिचार पुराउनु होला,शारीरिक मानसिक पिडा बढ्नेछ, आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–शिक्षा क्षेत्रमा मन जानेछ,यात्रामा विचार पुराउनु होला,अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक १० रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –शत्रु हावी हुनेछन ,बोलीमा विचार पुराउनु होला,आफन्तको विश्वास पर्दा धोका हुनेछ, स्वास्थ्यमा समस्या आउने छ,आजको शुभ अंक २ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–स्वास्थ्यमा सुधार आउनेछ, नसोचेको काम बन्न सक्छ, आर्थिकमा रुपमा सफल भइनेछ , मेलमिलापको समय छ, आजको शुभ अंक १ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –संकल्प गरेको काम सफल हुनेछ,यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,चोट पटक लाग्ने योग छ,गुप्त रोगले सताउने छ,आजको शुभ अंक ९ रहेको छ ।राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।



