कम्पनीको लोगो र नाम कस्तो हुनुपर्छ ? लोगो बनाई सकेपछि तपाईंको व्यवसाय कुन तरिकाले अगाडि बढिरहेको छ ? अन्य साथि तथा कम्पनीहरुसंगको सम्बन्ध पहिलेको भन्दा केही फरक भयो या उस्तै छ ? वास्तुशास्त्रले यि सबै विषयमाथि गहन रुपमा अध्ययन गरेर लोगो तयार पार्न मद्धत गर्दछ।

लोगोमा एउटा सानो संकेतले सम्पूर्ण कम्पनीको काम र पूरा विवरण देखाइएको हुन्छ । हामीले प्रतिष्ठित कम्पनीको लोगो देखेका छौ जस्तै पेप्सी, कोककोला, एडिडास, नाइक मारुती सुजुकी आदि कम्पनीहरुले कसरी लोगो र नाम प्रयोग गरेका छन् । कस्तो संकेत प्रयोग गरेकाले विश्वव्यापी रुपमा यसले व्यापकता पायो ।

नाइक कम्पनीको जुन लोगो र नाम छ उक्त नाम देवीको नामबाट राखिएको छ संकेत पनि लामो साईन भएकाले यसको लोक प्रियता धेरै ठूलो छ। त्येस्तै मारुती सुजुकी मोटर कम्पनीले मारुती अर्थात हनुमानको नामबाट नामाकरण र लोगो पनि त्येही अनुसार निर्माण गरेकाले हनुमान सबैभन्दा बलसाली र पवन पुत्र का नामले प्रसिद्ध भएकाले उक्त कम्पनी पनि विश्व विख्यात कम्पनीका रुपमा चर्चित बलियो भएको छ। यस्तै अरु कम्पनी हरुको नाम तथा लोगो यहीँ अनुसार नै तयार पारिएको छ ।

यदि कुनै पनि कम्पनी व्यापार व्यवसाय या अन्य कुनै पनि नयाँ काम सुरु गर्दा थोरै पनि सावधानी अपनाउदै प्राचीन वास्तु पद्धतिलाई अपनाउदै अफ्नो शरिरमा कुन तत्व धेरै छ त्येही तत्व संग सम्बन्धि कार्यमा लाग्न सकेमा कहिल्यै पनि असफलता हुनु पर्दैन । यदि हामीले आफूखुसी काम हरु गर्दै गएमा काम गर्न लागेकाो स्थान तथा हाम्रो शरीरमा भएको तत्वको तालमेल हुदैन अनि विस्तारै काम हरु बिग्रदै जान्छ । काम बिग्रिसकेपछि कनाउन धेरै गार्हो हुन्छ तर काम नबिग्रियोस भन्नका लागि धेरै उपाय तथा नियमहरु लागू गर्न सकिन्छ । वास्तु शास्त्रले विशेषगरी पाँच ओटा नियमलाई लागू गरेर नाम तथा लोगो निर्माण कार्यलाई पूरा गरेको हुन्छ ।

१) सर्वप्रथम कस्तो भूमिमा कम्पनी तथा व्यवसाय गर्ने हो त्येसको बारेमा पूर्णरुपमा अध्ययन गर्ने गर्दछ र उक्त भूमि कुन तत्वसंग सम्बन्धित छ त्यहीँ अनुसार लोगो तथा नामको रचना गरिन्छ ।

२) कम्पनीमा कतिजना सहकर्मी रहन्छन् त्येसको निर्धारण वास्तुको आधारमा गर्दछ । निर्धारित सङ्ख्याको आधारमा अंक विज्ञानको नियममा रहेर दर्ता नंबर कति राख्ने कुन दिन दर्ता गर्ने र उक्त अंक कुन ग्रहसंग सम्बन्धित छ त्यहीँको आधारमा बार निर्धारण गरेर लोगोमा हुने कलरको प्रयोग गर्ने ।

३) नाम र कलरको आधारमा कम्पनी लाई कसरी र कुन संकेतले चिनाउने हो त्यसको संकेत लोगोमा विशेषगरी अंकको बनावटका आधारमा गर्नु पर्दछ । उक्त अंकलाई कुन ग्रहले चलाएको छ त्येही ग्रहको तत्व प्रयोग वास्तु शास्त्रले गर्ने गर्दछ ।यसरी मिलाएर बनाउदा यसको सकारात्मक तरङ्ग वायु मण्डलामा तरङ्गित भैरहन्छ र सम्पूर्ण मानिसको मन मस्तिष्कमा सजिलोसँग बस्न सहयोग गर्दछ ।

४) लोगो तथा कम्पनीको नाम निर्धारण पछि वास्तु शास्त्र ज्योतिष शास्त्र र अंक विज्ञानको आधारमा दिशा निर्धारण र कुन दिशामा कस्तो करल राख्ने र लोगो तथा नाम कता तिर फर्काउने लोगो लाई कस्तो बनाउने ठाडो या तेस्रो यी सबै विषयमा रहेर गहन रुपमा अध्ययन गर्नु पर्दछ ।

५) यसरी बनाउने लोगोमा वास्तुशास्त्रको नियममा रहेर कम्पनीको नाम कुन दिशामा राख्ने, कुन कलर लाई कतातिर प्रयोग गर्ने, अंक कतातिरको दिशामा मिलाउने ,कम्पनीको संकेत देखाउने चित्र कुन दिशातर्फ फर्काएर राख्ने कुन कलर कम गर्ने कस्तो कलर बढी प्रयोग गर्ने आदि कुरा ध्यानमा राखेर लोगो तथा नाम निर्धारण गर्नुपर्ने नियम रहेको छ । यसरी बनाइएको लोगो सदैब प्रसिद्धि तथा नाम दाम र प्रतिष्ठा प्रदान गर्ने गर्दछ ।(लेखक : दक्षिण एसियाली ज्याेतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव हुन)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah