
काठमाडौं । विश्वभर को’रोना भा’इस सं’क्रमणबाट जीवन गुमाउनेको संख्या सोमबार बिहानसम्म ३ लाख ४७ हजार ५ सय ६४ पुगेको छ ।विश्वमा अहिलेसम्म ५५ लाख ८२ हजार ४ सय ३० जनालाई को’रोना लागिसकेको छ । त्यसमध्ये २३ लाख ६१ हजार ९१ जनाले भने को’रानालाई जित्न सफल भएका छन् । २८ लाख ७३ हजार ७ सय ७५ जना अझै को’रोनाविरुद्ध संघर्ष गरिरकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
को’रोनाको कारण अन्य मुलुकको तुलनामा विश्वकै शक्तिशाली राष्ट्र मानिएको अमेरिकामा धेरैले जीवन गुमाएका छन् । को’रोना भाइरसको महामारीले अमेरिकामा मृ’त्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५०४ जनाको मृ’त्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ६ हजार १५४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ६२ हजार ७६४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४३ हजार ५८६ जनामध्ये १७ हजार ११४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै, को’रोना भाइरसको महामारीले ब्राजिलमा २३ हजार ४७३ जनाको मृ’त्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७५७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २३ हजार ४७३ जना पुगेको हो । एकै दिन ११ हजार २८० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ७४ हजार ८९८ पुगेको छ ।
त्यस्तै छिमेकी देश भारतमा को’रोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार ९५० पुगेको छ । एकै दिन थप ६ हजार ४१४ जनामा संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार १७२ जनाको मृ’त्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४८ जनाको मृ’त्यु भएको छ । नेपालमा यो समाचार तयार पार्दासम्म ६ सय ८२ जनालाई को’रोना संक्रमण पुष्टि भएको छ भने ४ जनाले ज्यान गुमाएका छन् ।



