काठमाडौं । महाभारतको १५ औं दिन कौरव पक्षले प्रहार गरेको नारायण अस्त्रसँग एकैखेपमा सबै पाण्डव सेनाहरुलाई परास्त गर्न सक्ने शक्ति थियो । मन्त्रको माध्यमबाट चल्ने त्यो शस्त्र जुन दिशामा पनि जाने र खोजी खोजी शत्रुपक्षमाथि आक्र,मण गर्नसक्ने खालको थियो ।
यो हतियार पाशुपत अस्त्र समान महाविना,शकारी अस्त्र हो । नारायण अस्त्रबाट जोगिने कुनै उपाय छैन भन्ने मान्यता छ । यदि यो हति,यार एक पटक प्रयोग गरियो भने, त्यसपछि सम्पूर्ण विश्वमा त्यस्तो शक्ति छैन, जुन यसलाई रोक्न सक्छ भन्ने महाभारतमा वर्णन गरिएको छ ।
यो हति,यार केवल एक तरिकाले रोक्न सकिन्छ, त्यो हो आत्मसमर्पण । सबै हति,यारहरू छोडेर कोमलतासाथ आफूलाई समर्पण गर्नु नै यसबाट बच्ने उपाय थियो । किनभने यदि दुश्मन जहाँ काहीँ भएपनि नारायणस्त्रले खोजी खोजी त्यसलाई मार्ने गर्थ्यो । केवल यसको अगाडि आफूलाई समर्पण गर्नु यसको प्रभावबाट बच्ने उपाय हो भन्ने महाभारतमा उल्लेख गरिएको छ ।
अहिले त्यस्तै महामारी फैलिएको छ विश्वभरी । यसबाट बच्ने एउटै उपाय भनेको सुरक्षित रुपमा लुक्ने र मुर्खता नगरी यसबाट जोगिने उपाय खोज्नु हो । महाभारत युद्धको १५ औं दिनमा जब कौरवहरुले नारायण अस्त्रको प्रयोग गरे । त्यतिबेला युधिष्ठिर श्रीकृष्णकहाँ गएर यो अस्त्रबाट बच्ने उपाय सोधेका थिए । त्यसपछि श्रीकृष्णले सबै शस्त्रहरु त्यागेर आत्मसमर्पण गर्नु नै यसबाट बच्ने उपाय रहेको बताए ।
यसरी यु,द्धमा लड्ने सबैले हति,यार ब,न्द गरेपछि त्यो हति,यारको तेज, शक्ति, क्रोध र प्रभाव कम भयो । सबैले हति,यार त्याग्दासम्म पनि भीमले भने त्याग गर्न अटेरी गरिरहेका थिए । तर, उनलाई पनि जब,र्जस्ती शान्त रहन लगाइयो । यसरी नै पाण्डवहरुले सही समयमा सही निर्णय गरेर नै यस यु,द्धमा आफूलाई विजयी गराएका थिए ।
अर्को प्रसंगमा विदुरले आफ्नो जासूसहरूबाट दुर्योधनले गरेको षडयन्त्र र तयारीको बारेमा निरन्तर सूचना पाइरहेका थिए । पाण्डवहरूलाई वाराणावतमा जान रोक्न सक्ने शक्ति विदुरसँग थिएन । तर, उनीहरुको सुरक्षाको पनि उस्तै चासोको विषय थियो । वाराणावत जानुभन्दा पहिले पाण्डवहरू माता कुन्ती र महात्मा विदुर लगायतलाई प्रणाम गर्न आएका थिए । यो अवसरमा विदुरले युधिष्ठिरलाई सोधे, “वत्स, यदि जंगलमा भयंकर आगो लाग्यो भने जंगलको कुन जनावर सुरक्षित रहनेछ ?“
युधिष्ठिरले जवाफ दिए “महात्मा, जब जंगलमा आगो लाग्दछ, सबै जनावरहरू जो स्वतन्त्र र निडर रुपमा घुम्ने सिंह, चितुवा, हात्ती र सबभन्दा छिटो चल्ने मृगहरू सबैभन्दा पहिले जल्नेछन् । तर, दुलोमा बस्ने मुसा सुरक्षित रहनेछ। आ,गो सकिएपछि उनीहरु बाहिर आउनेछन् र शान्तिमय जीवन बिताउने छन् ।
युधिष्ठिरको यो जवाफ सुनेपछि विदुर सन्तुष्ट भएर उनलाई सुरक्षित रुपमा रहन र चिरायुको कामना गरेर बिदा गरे भन्ने कथा पाइन्छ । यही नै ज्ञान कोरोना भाइ,रसबाट बच्नको लागि समेत उपयोगी रहेको देखिन्छ ।



