शिवलिंग भगवान शंकरको प्रतिक हो। शिवको अर्थ – कल्याणकारी हो भने लिङ्गको अर्थ सृजन हो। सर्जनहारको रुपमा उत्पादक शक्तिको चिन्हको रुपमा लिंगको पुजा गर्ने गरिन्छ। लिंगको पुजा गर्नाले सबैको पुजा हुन्छ। अरु देवी-देवताको मुर्तिको पुजा गर्ने गरिन्छ तर शिवजीको पुजा बस लिंगको रुपमा गरिन्छ। आज हामी यो जान्ने कोशिस गर्छौ कि किन शिवलिंगको पुजा गरिन्छ र लिंगको के महत्व छ।

भगवान शिवको पुजा हामी लिङ्गको रुपमा किन गर्छौ ? मन्दिरमा पनि लिंगको नै पुजा हुन्छ तर अरु देवी-देवताहरुको भने मुर्तिको पुजा हुन्छ। तर यस्तो किन शिवजीको भने लिंगको रुपमा नै पुजा हुन्छ। यसको महत्त्व के छ त ? वास्तबमा शिवलिंगलाई शक्ति र शाक्यताको रुपमा पुजा गर्ने गरिन्छ।शिवलिंगमा योनिलाई मात्री शक्तिको प्रतीक मानिन्छ। शिवलिंगले यो इंगित गर्दछ कि पूरा ब्रह्माण्ड पुरुष र महिलाको ऊर्जाले। बनेको हो। आज हामी यो जान्ने कोशिस गर्ने छौ कि यसको उत्पति कसरी भयो। यसको महत्व के हो र योसँग जोडिएको केहि कथाहरू पनि जान्नेछौ।

१. यो कसको प्रतिक हो ! संस्कृत भाषाको अनुसार ‘लिंग’को मतलब हो चिह्न अथवा प्रतीक, हामीलाई थाहा नै छ भगवान शिवलाई देवआदिदेव पनि भन्ने गरिन्छ। जसको मतलब हो कुनै रुप नहुनु। भगवान शिव अनन्त र सर्जनको प्रतीक हुन्।

२. शिवलिंग मान्यताको अनुसार, लिंग एउटा बिशाल लौकिक अन्डाशय हो जसको अर्थ ब्रह्माण्ड यो पुरै ब्रह्माण्डको प्रतीक हो। जहाँ ‘पुरुष’ र ‘प्रकृति’को जन्म भयो।

३. शिवलिंग र त्रिमूर्ति त्रिमूर्तिको मतलब हो ब्रह्मा , विष्णु र महेश यसलाई अझ राम्रोसँग जान्ने हो भने यी तिनले सत्य, ज्ञान र अनन्तलाई दर्शाउछन् । जब मनुष्यले यी तिनलाई पाउदछ भन्ने गरिन्छ उसले ब्रह्मा’लाई पायो। जब ति तिन एक हुन्छन त्यसले शिवलिंगको उत्पत्ति हुन्छ।

४. अनन्त शिवलिंग एक चोटी ब्रह्माजी र विष्णुजीमा विवाद उत्पन्न भयो कि दुईजनामा श्रेष्ठ को छ। ब्रह्माजी सृष्टिकर्ता भएको कारणले श्रेष्ठ भएको दावी गर्दथे र भगवान विष्णु सृष्टिको पालनकर्ता भएको कारणले आफु श्रेष्ठ भएको दावी गर्दथे। त्यसपछि त्यहाँ एक विशाल लिंग उपस्थिति भए र दुवै देवतामा सहमतिले यो निश्चय गरियो कि जसले यो लिङ्गको समाप्ती बारे पहिला पत्ता लगाउछ त्यो नै श्रेष्ठ हुनेछ। दुवै जना बिपरित दिशामा शिवलिंगको समाप्ती खोज्न निक्लिए। तर उनीहरुलाई कुनै समाप्ती मिलेन यसले उनीहरुमा यो ज्ञात हुन्छ कि शिवलिंग नै अनन्तकाल हुन् जसको कुनै शुरुवात छैन र कुनै अन्त्य छैन।

५.स्फटिक शिवलिंगको उत्पत्ति यसको कुनै रंग हुदैन। यो जुन रंगको सम्पर्कमा आउछे त्यहि रंगको हुन्छे। यो शिवलिंगको पुजा ध्यान साधनाको लागि हो र यसलाई निर्गुण ब्रह्मा पनि भनिन्छ।

६. शिवलिंगको उत्पत्ति यो साचो होकी शिवलिंगको न कुनै सुरुवात छ र न कुनै अन्त्य तर विद्येश्वर संहिताको पहिलो खण्ड शिव पुराणमा यो दिईएको छ कि यो एक अनन्त ब्रह्मांडीय स्तम्भ जो सबै घटनाको कारण हो। एकतर्फ, यो श्रेष्ठताको प्रतिक हो, त्यहि अर्कोतर्फ यसले अनन्त कालको बारेमा बताउछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah