वि.सं.२०७७ जेठ -१५,बिहीवार, ई.सं. २०२० मे -२८ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ शुक्लपक्ष तिथि-षष्ठी , २१:०३ बजे उप्रान्त सप्तमी,नक्षत्र-तिष्य ०५:४९ बजेदेखि अश्लेषा , २८:४९ बजे उप्रान्त पूर्वफाल्गुनी,योग-ध्रुव , २२:५८ बजे उप्रान्त व्याघात,करण-कौलव ०९:५० बजेदेखि तैतिल , २१:०३ बजे उप्रान्त भद्रा,चन्द्रराशि-कर्कट,आनन्दादि योग-शुभ, सूर्योदय-५:११, सूर्यास्त-१८:५२, दिनमान-३४ घडी ११ पला । व्रत/पर्व -राष्ट्रिय गणतन्त्र दिवस, कुमार–षष्ठी, सिथिनख, भक्तपुरमा चण्डी भगवती यात्रा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –आफन्तको विश्वास पर्दा धोका हुनेछ,चोट पटक लाग्ने योग छ,स्वास्थ्यमा सुधार आउनेछ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ८ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –बोल्दा खेरि विचार गर्नु होला,मान सम्मान मिल्नेछ ,आर्थिक संकट पर्ने देखिन्छ,धार्मिक कार्यमा मन जाला,आजको शुभ अंक ११ रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –मेला, उत्सव, भिडभाड बाट बच्नु होला,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,नसोचेको काम बन्न सक्छ,आजको शुभ अंक १० रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –सन्तान पक्षमा खुशीको योग छ,संकल्प गरेको काम सफल हुनेछ,खानेकुरामा विचार पुराउनु होला,शत्रु हावी हुनेछन ,आजको शुभ अंक ९ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –स्वास्थ्यमा समस्या आउने छ,बोलीको अनर्थ लाग्न सक्छ,पारिवारिक विवाद होला,शारीरिक मानसिक पिडा बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–माता पिताको आशिर्वाद लिदा राम्रो हुन्छ,विगत का कमि कमजोरीले गर्दा हेपिनु पर्छ भने बन्न लागेको काम बिग्रिने छ,
आजको शुभ अंक ४ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –रोजगारी मा समस्या देखा पर्ने छ, गुप्त रोगले सताउने छ,यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ३ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–किनमेल गर्दा सजग रहनु होला झुटको आरोप लाग्न सक्छ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–पारिवारिक विवादमा होला, सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,यात्रा घातक बन्ने छ ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ८ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –आर्थिकमा रुपमा सफल भइनेछ , गुप्त रोगले सताउने छ,गोपनीयतामा ख्याल गर्नु होला,शिक्षा क्षेत्रमा मन जानेछ,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–यात्रा घातक हुनेछ,बोलीमा बिचार पुराउनु होला,अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,यात्रा घातक बन्ने छ ,मानसिक पिडा बढ्नेछ, आजको शुभ अंक १ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –मेलमिलापको समय छ,शत्रु हावी हुनेछन ,आर्थिक संकट पर्ने देखिन्छ,यात्रामा विचार पुराउनु होला,काम गर्दा अपमानित हुनुपर्ला, आजको शुभ अंक ७ रहेको छ । राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय