राष्ट्रिय खबर

यस्तो छ प्रदेश र स्थानीय तहलाई बजेट व्यवस्था


    सवाल नेपाल   २०७७ जेष्ठ १५, १६:३९

अर्थमन्त्री डा.युवराज खतिवडाले प्रदेश र स्थानीय तहका विकास योजनालाई अन्तर्गत प्रदेशलाई समानुकरण अनुदान ५५ अर्ब १९ करोड र स्थानीय तहलाई ९० अर्ब ५ करोड र छुट्याएको बताएका छन् ।

बिहीबार संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले प्रदेशलाई सशर्त अनुदान तर्फ ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई १ खर्ब ६१ अर्ब ८ अर्ब बिनियोजन गरेको बताए ।

प्रदेश र स्थानीय तहको जनसंख्या र क्षेत्रफल मानव विकास र न्यून विकासको सुचकांकलाई लिई प्रदेश र स्थानीय तहमा २२ खर्ब १४ करोड बाँडफाँड हुने अनुमान गरेको बताउदै प्रदेश र स्थानीय तहले आफूले चाहेको आयोजना संचालनका लागि माग गरेको आधारमा ९ अर्ब ९६ करोड समपुरक अनुदान छुट्याएको उल्लेख गरे ।

प्रदेश र स्थानीय तहलाई विशिष्टिकृत कार्य गर्नका लागि विशेष अनुदान उपलब्ध गराउन ९ अर्ब ९७ करोड छुट्याएको मन्त्री खतिवडाले जनाए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु