मुख्य खबर

कर्मचारीले पाउने भए यस्तो सुविधा


    सवाल नेपाल   २०७७ जेष्ठ १५, १८:३९

अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि रकम छुट्याएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सन्तानको उच्च शिक्षा तथा आवास निर्माणका लागि कर्मचारीलाई सहुलियतपूर्ण ऋण लिने सुविधाको व्यवस्था गरिएको बताए ।

अस्थायी तथा करारमा काम गर्ने कर्मचारीको एक वर्षका लागि निःशुल्क कोरोना बीमाको व्यवस्था गरिएको उनले बताए । सार्वजनिक निकायमा भष्ट्राचार रोक्न सदाचारको कार्यक्रम अघि सारिने पनि मन्त्री खतिवडाले बताए । सम्पत्ति सुद्धिकरण रणनीतिको प्रभावकारी कार्यान्वयन गरिने, कारोना नियन्त्रणका लागि गरिएको खर्च पारदर्शी बनाइने उनको भनाई छ ।

मन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालनमा मितव्ययीता अपनाइने बताए । कार्यालय सञ्चालन, इन्धन, मर्मत, आन्तरिक र बाह्य भ्रमणका साथै कम प्राथमिकताका गोष्ठि, सेमिनार, भैपरी खर्च, फर्निचर, सवारी साधन खरिद तथा मर्मत खर्चमा उल्लेख्य बजेट कटौती गरेको उनले बताए ।

कोरोना रोकथाममा खटिएका बाहेक अन्य कर्मचारीको बैठक भत्ता, खाजा भत्ता, बैठक भत्ता खारेज गरेको उनले बताए । सरकारले कर्मचारीकाे तलब बढाएकाे छैन भने सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु