वि.सं.२०७७ जेठ- १६, शुक्रवार,ई.सं.२०२० मे -२९, शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ शुक्लपक्ष तिथि -सप्तमी , १९:१४ बजे उप्रान्त अष्टमी,नक्षत्र-मघा , २७:५० बजे उप्रान्त पूर्वफाल्गुनी,योग-व्याघात , २०:२६ बजे उप्रान्त हर्षण,करण-गर ०८:१० बजेदेखि वणिज , १९:१४ बजे उप्रान्त कौलव,चन्द्रराशि-सिंह,आनन्दादि योग-काण,सूर्योदय-५:११, सूर्यास्त-१८:५२, दिनमान-३४ घडी १३ पला । कुमार–यात्रा।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
सत्यको बिजय हुनेछ ,बोलीमा विचार पुराउनु होला,स्वास्थ्यमा समस्या आउने छ,आर्थिक संकट पर्ने देखिन्छ,गुप्त रोगले सताउने छ, आजको शुभ अंक ३ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –शिक्षा क्षेत्रमा अबरोध आउनेछ,विगतका कमि कमजोरीले गर्दा हेपिनु पर्छ भने बन्न लागेको काम बिग्रिने छ,पारिवारिक विवाद होला,आजको शुभ अंक ५ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –बोलीको उचित सम्मान हुनेछ,संकल्प गरेको काम सफल हुनेछ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,आजको शुभ अंक ४ रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –समयले साथ दिनेछ ,सन्तान पक्षमा खुशीको योग छ,किनमेल गर्दा सजग रहनु होला झुटको आरोप लाग्न सक्छ,आजको शुभ अंक ५ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,काम गर्दा अपमानित हुनुपर्ला, आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–परिवारमा रमाइलो हुनेछ ,बोलीको अनर्थ लाग्न सक्छ,यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,शत्रु हावी हुनेछन ,आजको शुभ अंक ९ रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –साझे दारीको काममा संकट आउनेछ,बोलीमा बिचार पुराउनु होला,यात्रामा विचार पुराउनु होला,गुप्त रोगले सताउने छ,आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–यात्रा रमाइलो हुनेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आर्थिक संकट पर्ने देखिन्छ,खानेकुरामा विचार पुराउनु होला,मान सम्मान मिल्नेछ ,आजको शुभ अंक १० रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–मनको इच्छा पुरा हुनेछ , बोल्दा खेरि विचार गर्नु होला,चोट पटक लाग्ने योग छ,शारीरिक मानसिक पिडा बढ्ने छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ८ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –दाजु भाई बीच मनमुटाव हुनेछ,स्वास्थ्यमा सुधार आउनेछ,धार्मिक कार्यमा मन जाला,नसोचेको काम बन्न सक्छ,आजको शुभ अंक ११ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–मनले सोचेको काम पुरा हुनेछ ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,गोपनीयतामा ख्याल गर्नु होला,यात्रा घातक बन्ने छ ,आजको शुभ अंक २ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –कामले गर्दा परिवार लाइ समय दिन नसक्दा विवाद हुनेछ,आर्थिकमा रुपमा सफल भइनेछ , लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,आजको शुभ अंक ८ रहेको छ । राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय