हिन्दु धर्म ग्रन्थमा भगवान शिवलाई महादेव, भोलेनाथ, शंकर, महेश, आशुतोष, रुद्र, निलकण्ठलगायत विभिन्न नामबाट पुकार्ने गरिन्छ ।यतिमात्र होइन उनलाई तन्त्र तथा साधनामा भैरवको नामबाट समेत चिनिन्छ ।शास्त्रमा उल्लेख भएअनुसार, भगवान शिव हिन्दू धर्मका प्रमुख देवताहरु मध्ये एक हुन् । तर के तपाईलाई भगवान शिवका मातापिता को थिए भन्ने कुरा थाहा छ ? यदि छैन भने यहाँ हामीले यसबारेमा केही जानकारी उल्लेख गरेका छौं ।

श्रीमद देवी महापुराणका अनुसार भगवान शिवका पिताको विषयलाई लिएर एउटा कथा उल्लेख गरिएको छ । देवी महापुराणका अनुसार एक पटक जब नारदजीले आफ्ना पिता व्रह्मासँग श्रृष्टिको निर्माण कसले गर्यो भन्ने प्रश्न राखेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साथै उनले त्रीदेवलाई कसले जन्मायो भन्ने प्रश्न पनि सोधेका थिए । त्यहि बेला व्रह्माले देवी दुर्गा र शिवस्वरुपको योगबाट त्रिदेवको उत्पत्ति भएको वर्णन सुनाएका थिए ।यसको मतलवबाट सहजै भन्न सकिन्छ कि, दुर्गा तथा काल सदाशिवस्वरुप नै त्रिदेवका मातापिता हुन् । एजेन्सीको सहयोगमा